दोलखाका ४८ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट

दीक्षण समाचार
चरिकोट, फागुन ४
दोलखाका ४८ वटा विद्यालय यो वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएको छ । कालिञ्चोक र तामाकोसी गाउँपालिकाका ७÷७ वटा, मेलुङ, शैलुङ, विगु गाउँपालिका र भीमेश्वर नगरपालिकाको ६÷६ वटा विद्यालय कार्यक्रममा छनौट भएको हो ।
जिल्लाको कालिञ्चोक गाउँपालिकाको हिलेपानी मावि, बालोदय मावि, भगवती मावि, कालिनाग मावि सिंगटी, जनज्योति मावि, कालिनाग माविसुनखानी र कालिका मावि छनौटमा परेको छ भने तामाकोशी गाउँपालिकाको कालापानी मावि, सितापाइला मावि जफे, सिद्देश्वर मावि मालु, महेन्द्र मावि च्यामा, कालिका मावि हावा, नारायणी मावि भिरकोट र जनजागृती मावि शहरे छनौटमा परेको छ ।
भीमेश्वर नगरपालिकाको सेतीदेवी मावि, सर्व मावि, सुर्के मावि, भीम मावि, कुप्रिडाँडा आधारभुत विद्यालय र हरिकृतन मावि छनौटमा छ । मेलुङ गाउँपालकिाको भुमेस्थान मावि, भिम मावि, डाँडाखर्क मावि, लक्ष्मी मावि, सत्यश्वर मावि र भीम मावि बुद्धचोक छनौटमा परेको छ ।
विगु गाउँपालिकाको कालिञ्चोक मावि, देवलिङ्गेश्वर मावि, शान्ति आर्दश मावि, शारदा मावि, गौरीशंकर मावि १ र गौरीशंकर मावि ७ छनौटमा परेका छन् भने गौरीशंकर गाउँपालिकाको हलेश्वर मावि, खारे मावि, मानेडाँडा मावि र भुमेगुम्बा मावि छनौटमा परेको छ । बैतेश्वर गाउँपालिकाको जनज्योति मावि, हनुमन्तेश्वर मावि, विष्णु मावि, बैतेश्वर मावि, कालिढुङ्गा मावि र जलदेवी मावि छनौटमा परेका छन् भने शैलुङ गाउँपालिकाको मागापौवा मावि, भद्रेश्वर आधारभुत विद्यालय, विरेन्द्र मावि, नवीन मावि, शारदा मावि र दुर्गा मावि छनौट भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आईसिटी कार्यक्रममा जिल्लाका ४६ वटा विद्यालय छनौट भएको छ । ल्याब अन्तर्गत भीमेश्वर नगरपालिका–४ जिलुमा रहेको सर्व माध्यमिक विद्यालय र गौरीशंकर गाउँपालिकामा रहेको हलेश्वर माध्यमिक विद्यालय छनौटमा परेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रपति शैक्षिक सुधारका लागि विद्यालय छनौट गरेको हो । कार्यक्रमका लागि सरकारले ७ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रममा छनौट भएका विद्यालयलाई ४ कोठे र दुई कोठे भवन, आइसिटी ल्याब व्यवस्थापन, प्राविधिक ल्याब र नयाँ प्राविधिक शिक्षालय निर्माण लगायतका कार्यक्रम रहेका छन् । छनौट भएका विद्यालयले ४ कोठे भवन निर्माण कार्यक्रमको लागि प्रति विद्यालय ३६ लाख, ३ कोठे भवन निर्माण कार्यक्रमको लागि १८ लाख, प्राविधिक ल्याब निर्माणको लागि १० लाख र आईसिटीमा ६ लाख ५० हजारको दरले रकम प्राप्त गर्ने छन् ।

Shares

Be the first to comment on "दोलखाका ४८ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट"

Leave a comment

Your email address will not be published.


*