दोलखाका ३ दशमलब दुई प्रतिशत जनसङ्ख्यामा अपाङ्गता

चरिकोटः दोलखा जिल्लाको कुल जनसंख्याको ३ दशमलब २ प्रतिशत जनसंख्यामा अपाङ्गगता रहेको पाइएको छ । जनगणना २०७८ को तथ्याङ्क अनुसार उक्त प्रतिशतमा अपाङ्गता भएका ब्यक्तिहरु पाइएको हो ।
जनगणनाको तथ्याङ्क अनुसार दोलखाको कुल जनसंख्या १ लाख ७२ हजार सातसय सतसट्ठी रहेकोमा ५ हजार छ सय जनामा अपाङ्गता भएको जनगणना २०७८को अन्तिम नतिजामा उल्लेख छ । जुन कुल जनसंख्याको ३ दशमलब २ प्रतिशत हुन आउँछ ।
कुल ५ हजार ६ सय जना अपाङ्गता भएकामध्ये सबै भन्दाबढी शारीरिक अपाङ्गता भएका २ हजार एकसय एकावन्न, न्युनदृष्टी युक्त १ हजार छ तथा पूर्ण दृष्टीविहीन दुईसय बायालीस जना रहेका छन् । यसैगरी बहिरोपन भएका चारसय अट्ठाइस सुस्त, श्रवण भएका एकसय उनान्नब्बे, श्रवण दृष्टीविहीन चारसय एकासी जना तथा स्वर र बोलाईमा समस्या भएका बयान्नब्बे जना रहेका छन् । यस्तै मानसिक वा मनोसामाजिक समस्या भएका तीनसय सत्र, बौद्धिक अपाङ्गता भएका सतसट्ठी जना, होमोफेलिया भएका बत्तिस जना तथा अटिजमको समस्या भएका तेत्तिस जना रहेको केन्द्रीय तथ्याङ्क विभागले बताएको छ ।
प्रतिशतका हिसावले हेर्दा शारीरिक अपाङ्गता भएका ३८ दशमलब चार, न्यून दृष्टीयुक्त १८ प्रतिशत, पूर्ण दृष्टीविहीन ४ दशमलब तीन, बहिरोपन भएका ७ दशमलब एकसट्ठी तथा सुस्तश्रवण भएका ३ दशमलब चार प्रतिशत रहेका छन् । यसैगरी श्रवण दृष्टीविहीन भएका ८ दशमलब छ, स्वर र बोलाईमा समस्या भएका १ दशमलब छ र मानसिक वा मनोसामाजिक समस्या भएका ५ दशमलब सात प्रतिशत रहेको विभागको तथ्याङ्क छ । यस्तै बौद्धिक अपाङ्गता भएका १ दशमलब दुई, हेमोफेलिया भएका शुन्य दशमलब छ तथा अटिजम भएका शुन्य दशमलब छ प्रतिशत नागरिक रहेका छन् । नेपालको कुल जनसंख्या मध्ये २ दशमलब दुई प्रतिशत जनसङ्ख्यामा अपाङ्गगता रहेको केन्द्रीय तथ्याङ्क विभागद्वारा सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ ।

Shares

Be the first to comment on "दोलखाका ३ दशमलब दुई प्रतिशत जनसङ्ख्यामा अपाङ्गता"

Leave a comment

Your email address will not be published.


*