दोलखाका ३४ उद्योग खारेज

इश्वर बिश्वकर्मा चरिकोट, –कोरोना भाइरसले उद्योगधन्दामा घातक प्रभाव पारेको छ । पछिल्लो समय कोरोनाकै कारण कच्चापदार्थ र जनशक्तिको अभाव भई साना उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेका छन् । कतिपय उद्योग त बन्द पनि भईसकेका छन् । यसै बिच दोलखामा पनि घरेलु तथा उद्योग कार्यालयमा दर्ता रहेका ३४ वटा उद्योग खारेज भई बन्द भएका छन् । गत आर्थिक वर्ष २०७६र०७७ मा २६ र चालु आर्थिकको चार महिनाको अवधिमा ८ सउद्योग खारेजीमा परेका हुन् । पुँजीको अभाव, कच्चा पदार्थको कमी, समयमै नविकरण गर्न नसक्नु लगायतका कारण उक्त संख्याका उद्योग खारेज भई बन्द भएका हुन् । ३४ वटामध्ये सबैभन्दा बढी वाणिज्य तर्फका २२ उद्योग बन्द भएका छन्, भने उद्योग तर्फको १० वटा बन्द भएका छन् । अधिकाँश उद्योगीहरुको आग्रहमा उद्योग दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालय दोलखाले जनाएको छ । कार्यालयका प्रमुख सुजित कुमार झाले नविकरण नगरेका, लामो समयसम्म निष्क्रिय रहेका उद्योग खारेज गरिएको बताए । दर्ता रहेका उद्योग सञ्चालन हुनुको सट्टा बन्द हुँदा जिल्लाको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने उनले बताए । औद्योगिक व्यवसाय ऐन २०७३ का अनुसार उद्योगीले उद्योग सञ्चालन गर्न नसक्ने भनि कारण सहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नविकरण नगरेमा उद्योग खारेज हुने प्रावधान रहेको छ ।
२६ लाख भन्दा बढी राजस्व संकलन

घरेलु तथा साना उद्योग कार्यालयले २६ लाख भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । चालु आवको चार महिनाको अवधिमा विभिन्न शिर्षकबाट २६ लाख २ हजार १ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले व्यवसाय रजिष्ट्रेसन दस्तुर, अन्य प्रशासनिक सेवा शुल्क र दण्ड जरिवाना लगायतका शिर्षकमा राजस्व संकलन गर्ने गरेको कार्यालयका अधिकृत ( छैटौं) एवं सुचना अधिकारी दिपक सिटौलाले बताए । गत आर्थिक वर्ष २०७६÷०७७ मा कार्यालयले ४९ लाख ७६ हजार ३ सय ३५ रुपैँया राजस्व संकलन गरेको थियो ।

उद्यमीलाई सम्मान
छैटौं उद्योग दिवसको अवसरमा मंगलबार ५ उद्यमीलाई कार्यालयले सम्मान गरेको छ । कार्यालयमा सेवा लिन आएका ५ जना उद्यमीलाई खादा ओढाएर सम्मान गरिएको हो । जसले गर्दा उद्यमीलाई हौसला मिलेको छ । गत वर्ष दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको थियो तर यो बर्ष कोरोना भाइरसको कारण औपचारिक कार्यक्रम भने नगरिएको कार्यालयका अधिकृत (छैटौ) एवं सुचना अधिकारी सिटौलाले बताए ।कार्यालयमा अहिले सेवाग्राही कमै मात्रामा आउने गरेका छन् । कार्यालयमा कोरोना सुरक्षा सतर्कता स्वरुप टोकन प्रणाली लागू गरिएको छ । साथै स्यानटाइजरको प्रयोग र सामाजिक दुरीलाई प्रभावकारी बनाइएको कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखाका ३४ उद्योग खारेज"

Leave a comment

Your email address will not be published.


*