दोलखाका २ वटा प्रदेशसभामा कसले मार्ला बाजी ?

चरिकोट(दीस) ः दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दोलखामा प्रदेशभाका दुवै निर्वाचन क्षेत्रमा एमाले र लोकतान्त्रिक गठबन्धन विचमा प्रतिस्पर्धा हुने देखिएको छ । विभिन्न दलहरुले प्रदेश सभामा उम्मेदवारी दिएको भएता पनि प्रदेश सभामा एमाले र गठबन्धन विचमानै प्रतिस्पर्धा हुने देखिएको दोलखाको राजनीतिलाई नजिकबाट नियालीरहेका राजनैतिक विश्लेषकहरुको अनुमान छ ।
प्रदेश सभा क्षेत्र नम्बर एकमा एमालेले पार्टी अध्यक्ष एवं मेलुङ गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर श्रेष्ठलाई उतारेको छ । उहाँ एक पटक गाउँपालिकाको अध्यक्षको रुपमा काम गरिसकेका ब्यक्ति हुनुन्छ । श्रेष्ठ एमालेका कुशल संगठक मानिनु हुन्छ । बलियो संगठन, यसभन्दा अघि जितेका सांसदहरुले जिल्लाको विकासमा गरेको योगदान जस्ता कारणले प्रदेश सभामा एमाले विजयी हुने नेकपा एमाले दोलखाका सचिब हिरा थोकरको दावी छ । प्रदेश सभामा गठबन्धनका तर्फबाट दुवै क्षेत्रमा नेपाली काँग्रेसका उमेदवार भएको तथा एकिकृत समाजवादीको उम्मेदवार नभएकोले पार्टीको परम्परागत भोट तथा एकिकृत समाजवादी को मतसमेत उहाँलार्ई प्राप्त हुसक्ने एमाले समर्थकहरुको अपेक्षा छ ।
यस्तै ,प्रदेश सभा क्षेत्र नम्बर एकमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले उम्मेदवार हुनु भएको छ । नेपालमा गणतन्त्र ल्याउनका लागि राजधानीका विभिन्न कलेजमा मतदान गराउँदै हिँडेर निक्कै चर्चित रहेका काफ्ले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत हुनुन्छ । काफ्ले युवाहरु विच निक्कै लोकप्रिय हुनु हुन्छ । आफ्नो लोकप्रियता तथा गठबन्धनको लाभ यसपटक प्राप्त हुने उहाँको आशा रहेको छ । काफ्ले पहिलो पटक निर्वाचन लड्दै हुनु हुन्छ ।
यस्तै ,क्षेत्र नम्बर दुईमा भीमेश्वर नगरपालिकाका पूर्व मेयर एवं नेकपा एमाले बागमती प्रदेश सदस्य भरतबहादुर केसीलाई एमालेले उम्मेद्वार बनाएको छ । पाँचवर्ष भीमेश्वर नगरपालिकाको मेयर बनेर काम गरेको कारण लाभ उहाँलाई लाभ हुन सक्ने अनुमान गरिएको छ । साथै एकिकृत समाजवादीको उम्मेद्वार नहुनु, गठबन्धनको तर्फबाट एक नम्बर क्षेत्रका उमेदवार हुनु तथा गठबन्धनका असन्तुष्टहरुले पनि उहाँलाई सहयोग गर्न सक्ने एमाले सम्बद्ध बुद्धिजीवीहरुको भनाई छ ।
क्षेत्र नम्बर दुईमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति वर्मा लामा उमेद्वार बन्नु भएको छ । लामा नेपाली काँग्रेसका कुशल संगठक मानिहुन्छ । यस अघिको निर्वाचनमा प्रदेश सभा क्षेत्र नम्बर एकबाट निर्वाचन लडि सक्नु भएका लामा अहिले क्षेत्र परिवर्तन गरेर दुई बाट प्रतिस्पर्धा गर्दै हुनु हुन्छ । क्षेत्र नम्बर दुईमा रहेका ४ स्थानीयतह मध्ये चारवटै स्थानीय तहमा स्थानीय निर्वाचनमा प्रमुख पदमा गटबन्धनले जितेकोले गठबन्धनको लाभ लामालाई हुन हुने बताईन्छ । तर, कालिञ्चोक बाहेक ३ वटा पालिकामा एमालेको उपप्रमुख सहित कार्यपालिका सदस्यमा बहुमतमा रहेको छ । सोही कारण विलेषकले चुनाब प्रतिस्पर्धा हुने आंकलन गरेका छन् । यसैगरी राप्रपाले प्रदेश एकमा रामबहादुर तामाङ लाई तथा प्रदेश २ मा जिल्ला अध्यक्ष राजन बहादुर शिवाकोटीलाई उम्मेदवार बनाएको छ । जिल्ला अध्यक्ष समेत रहनु भएका शिवाकोटी पत्रकारिता क्षेत्रबाट आउनु भएका उम्मेद्वार भएकाले उहाँलाई मत फाइदा हुने अनुमान राप्रपाले गरेको छ ।राप्रपाले विगत भन्दा बढी मत ल्याउने सो पार्टी अनुमान गरेको छ । विगतमा संगठन मजभुत बनाएको राप्रपाले दाबी गरेको छ ।
राप्रपाको आफ्नो संगठित मतका अतिरिक्त पाउने असन्तुष्टहरुका भोटले पनि गठबन्धन अथवा एमालेका उमेद्वारलाई लाभ वा हानी हुनसक्ने झिनो सम्भावना रहेको छ ।
एमालेको परम्परागत गढ दोखलामा आफ्नो संगठन बजबुत रहेको तथा दोखलाको विकासमा एमालेले गरेको योगदानका कारण यो निर्वाचनमा गठबन्धनलाई पराजित गर्न खासै समस्या नहुने नेकपा एमाले दोलखाका सचिब हिरा थोकरले बताउनु भयो । गतवर्ष भएको स्थानीय निर्वाचनमा पार्टी भित्र केही समस्या भएकोले अपेक्षित राम्रो परिणाम नआए पनि अहिले एमाले एक जुट भएकोले त्यस्तो अवस्था नरहेको उहाँको भनाई छ ।
तर एमालेले पटक–पटक निर्वाचन जितेर पनि दोलखाको विकासमा ठोस योगदान दिन नसकेका कारण आम दोलखाली आजित भएर स्थानीयतह निर्वाचनमा सातवटामा गठबन्धनलाई जिताई एमालेलाई दुई पालिकामा सिमित गरिदिएको नेपाली काँग्रेसका सचिब रञ्जित कुमार पाठकले्े बताउनु भयो । यो पटकको निर्वाचनबाट एमाले दोलखामा अझै साइजमा आउने उहाँले ठोकुवा गर्नु भयो । यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुल बहादुर बुढाथोकी गठबन्धनलाई विजयी हुन बाट रोक्ने सामथ्र्य यो पटक कसैको नभएको दाबी गर्नु हुन्छ । साथै गठबन्धन एकजुट भएर निर्वाचनमा लागेकोले स्थानीय तहको भन्दा राम्रा ेपरिणाम यो निर्वाचनमा आउने उहाँले बताउनु भयो ।यस्तै गठबन्धनको अर्को साझेदार दल नेकपा एकिकृत समाजवादी पार्टीका जिला अध्यक्ष भीमदहाल केन्द्रमा गठबन्धन भएपछि जिल्लामा पार्टीका नेता कार्यकर्ताले गठबन्धनका उमेद्वार जिताउन पूर्ण सहयोग गर्ने बताउनु हुन्छ । आफ्नो पार्टीलाई देशका अन्य क्षेत्रहरुमा गठबन्धनले सहयोग गर्ने भएकोले समाजवादी समर्थकको मत गठबन्धनबाहेका अन्यत्र नजाने उहाँको दावी छ ।गत स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा कुल नौ स्थानीय तह रहेको दोलखामा सातवटा स्थानीय तहको प्रमुखमा गठबन्धनका उम्मेद्वार विजयी भएका थिए भने वडा गत रुपमा वडाध्यक्षको मतभार हेर्दा गठबन्धन एमाले भन्दा अगाडि रहेको छ ।यस्तै ,राजतन्त्रको पूनःर्सस्थापना, हिन्दु राष्ट्र तथा संघियताको खारेजी जस्ता एजेन्डा जनतामा स्थापित हुँदै गएकोले यो निर्वाचनमा आफ्नो पार्टीले सम्मानजनक मत ल्याउने राप्रपाका जिल्ला अध्यक्ष राजन शिवाकोटी बताउनु हुन्छ । अहिले राप्रपाको देशमा जनलहर रहेको उहाँले दाबी गर्नु भयो।
यसपटकको निर्वाचनमा दोखला जिल्लामा १ लाख ६० हजार ४ सय ५० कुल मतदाता रहेका छन् । जसमध्ये क्षेत्र नम्बर एकमा ८१ हजार १३३ तथा क्षेत्र नम्बर दुईमा ८० हजार ३१७ रहेका छन् ।

Shares

Be the first to comment on "दोलखाका २ वटा प्रदेशसभामा कसले मार्ला बाजी ?"

Leave a comment

Your email address will not be published.


*