दोलखाका २ नगरपालिका ःभीमेश्वरद्धारा ३२ र जिरीद्धारा २४ वटा कानुन निर्माण

ईश्वर विश्वकर्मा/ चरिकोट – दोलखाका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि साढे तिन वर्षको अवधीमा आवश्यक ऐन, कानुन तथा निर्देशिका निर्माण भएका छन् । यसैबिच भीमेश्वर नरपालिकाले ३२ र जिरी नरपालिकाले २४ वटा कानुन निर्माण गरेका छन् । हरेक कार्य सम्पादन सहज, व्यवस्थित र बैधानिक बनाउन नगरपालिकाले हालसम्म ३२ वटा निर्माण ऐन, कानुन तथा निर्देशिका निर्माण गरी राजपत्रमा प्रकाशित गरेको छ । नागरिक, सरोकारवालाको सहभागितामा ऐन, तथा निर्देशिका निर्माण गरिएको नगर उपप्रमुख कमला बस्नेतले दाबी गरिन् ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नमुना कानुन प्राप्त हुनुभन्दा अगावै आफ्नै स्रोत साधन र जनशक्ति प्रयोग गरी केही कानुन निर्माण भएको र पछि नमुना कानुन प्राप्त भएपछि त्यसको पनि प्रयोग गरिएको छ । कानुन निर्माण गर्दा सम्बन्धित कानुन विज्ञ, कानुन व्यवसायी र सल्लाहकारको समेत सहयोग लिइएको उनले बताइन् । नगरपालिकाले बजार अनुगमन सम्बन्धी समन्वयात्मक दिग्दर्शन, बिनियोजन ऐन, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि, सहकारी ऐन, स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, न्यायिक समिति (कार्यविधि सम्बधी) ऐन, लगायत गरि ३२ वटा कानुन निर्माण गरेको छ । थप कानुन निर्माण गर्नुपर्ने आवश्यक देखिएमा सरोकारवालाको सहभागिता तथा सुझाव समेटिने उनले बताइन् ।

यस्तै जिरि नगरपालिकामा हालसम्म २४ वटा ऐन, कानुन तथा निर्देशिका जारी भएको नगरप्रमुख टंक जिरेलले बताए । कुनै पनि कार्य सम्पादन र सम्पन्न गर्न कानुनको आधारमा गरिनुपर्छ । उनले भने त्यसैले कानुन निर्माण गरी नगरलाई सञ्चालन गरिरहेका छौं । ऐन, कार्यविधि, निर्देशिका जारी गर्दा सरोकारवाला र नागरिकको सल्लाह सुझाव समेटिएको नगरप्रमुख जिरेलले जानकारी दिए । नगरपालिकाले आर्थिक ऐन, बिनियोजन ऐन, विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन सम्बन्धि विधेयक लगायत गरी २४ वटा कानुन निर्माण गरिएको पालिकाले जनाएको छ । आवश्यकता अनुसार कानुन निर्माण भएको र त्यसको कार्यान्वयन पनि भइरहेको २ वटै नगरपालिका दाबी गरेका छन् ।

Shares

Be the first to comment on "दोलखाका २ नगरपालिका ःभीमेश्वरद्धारा ३२ र जिरीद्धारा २४ वटा कानुन निर्माण"

Leave a comment

Your email address will not be published.


*