दोलखाका २ अस्पतालमा उपकरण जडानका लागि २ करोड ३५ लाख

दीक्षण दैनिक
चरिकोट, जेठ ७
अर्थ मन्त्रालयले दोलखाका २ अस्पताललाई अत्यावश्यक उपकरण व्यवस्थापनका लागि रकम उपलब्ध गराउन सहमती दिएको छ । कोरोना संक्रमणका कारण कहालीलाग्दो स्थिति सिर्जना भएको बेला चरिकोट अस्पताल र जिरी अस्पताललाई उपकरण व्यवस्थापनका लागि रकम उपलब्ध गराउन मन्त्रालयले सहमती दिएको हो । अब चरिकोट अस्पतालले १ करोड ५५ लाख र जिरी अस्पतालले ८० लाख रुपैयाँ रकम पाउने छ । स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय गरी १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँ निकासा दिने सहमती गरेको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको उल्लेख गरेको छ ।

Shares

Be the first to comment on "दोलखाका २ अस्पतालमा उपकरण जडानका लागि २ करोड ३५ लाख"

Leave a comment

Your email address will not be published.


*