दोलखाका १ काेराेना सक्रमित युवतीकाे काठमाडाैँमा मृत्यु

दीक्षण समाचार
चरिकोट, बैशाख १९
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ६ का एक युवतीकाे कोरोना संक्रमणको कारण मृत्यु भएको छ । काठमाडाैँमा उपचाररत अन्दाजी २५ वर्षिय युवतीको  अाइतबार मृत्यु भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । ति युवती जात्रा हेर्न भक्तपुरु स्थित माईतीघर गएको बेला संक्रमण भएको आशंका गरिएको छ । माईतीबाट चरिकाेटस्थित घर फर्किएपछि उनलाई उच्च ज्वरो लगायतका लक्षण देखिएको थियो । त्यसपछि सदरमुकाम चरिकाेट स्थित चरिकाेट अस्पतालमा भर्नाे गरीएकाे थियाे । यहाँ सम्भव नभएपछि रिफर गरिएकी उनकाे भक्तपुर अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे बताइएकाे छ ।

Shares

Be the first to comment on "दोलखाका १ काेराेना सक्रमित युवतीकाे काठमाडाैँमा मृत्यु"

Leave a comment

Your email address will not be published.


*