दोलखाका स्वास्थ्य संस्थामा ६५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

चरिकोट, (दीस) –दोलखामा कोरोनाको संक्रमण दर बढिरहेको बेला सहयोगी हातहरुले सहयोग गर्ने संख्या बढ्दो छ ।  बोधीसत्वा विहारका सुप्रिम मास्टर हेगुवाङ्सीको सहयोगमा नेपालका लागि कार्यक्रम संयोजक शान्त शर्मा र योगदान राष्ट्रको लागि दोलखाले दोलखाका विभिन्न स्वास्थ्य संस्थामा ६५ लाख स्वास्थ्य सामग्री हस्तान्तरण  गरेको छ । बोधीसत्वा विहारको सहयोगमा  योगदान राष्ट्रको लागि दोलखाको पहलमा उक्त स्वास्थ्य सामग्री दोलखाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको  ट्रको लागि दोलखाका कुमार श्रेष्ठले बताए ।  सदरमुकाम चरिकोटमा सञ्चालित चरिकोट अस्पताललाई कोभिड १९ का बिरामीलाई आवश्यक स्वास्थ्य सामग्रीहरु मास्क दुई सय, ग्लोब्स एक सय, फेस शिल्ड ४०, पीपीई सेट २०, चश्मा २४, एन ९५ मास्क २०, नर्सिङ क्याप एक सय, फिनेल १५ लिटर, सेनीटाईजर १५ लिटर, टवाईलेट क्लिनर ५ लिटर, ह्याण्डवास १५ लिटर, अक्सिजन कन्सेनीरेटर ३ वटा र कोरोनाको बिरामीलाई आवश्यक औषधि भीमेश्वर नगरपालिकाका मेयर भरत केसीलाई हस्तान्तरण गरिएको योगदान राष्ट्रको लागि दोलखाका संयोजक राजु थापाले बताए ।स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर के.सी भने “महामारी बेला स्वास्थ सामाग्री सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्दछौं ।” जिरी नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र जिरी, कालिञ्चोक गाउँपालिकास्थित लापिलाङ, वैतेश्वर गाउँपालिकाको वैतेश्वर अस्पताल क्षेत्रपा र गौरीशंकर गाउँपालिकास्थित जुँगुका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको योगदान राष्ट्रको लागि दोलखाका विनोद जिरेलले बताए । कोभिडको महामारी रहेको बेला स्वास्थ्य क्षेत्रमा सहयोग जुटाउन गर्भ महसुस भएको योगदान राष्ट्रको लागि दोलखाका संयोजक थापाले बताए ।

Shares

Be the first to comment on "दोलखाका स्वास्थ्य संस्थामा ६५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*