दोलखाका स्थानीय तहलाई दुई अर्ब ५५ करोड १२ लाख बजेट

चरिकोट –दोलखाका स्थानीय तहले आर्थिक बर्ष २०७६÷०७७ मा संघिय सरकारबाट २ अर्व ५५ करोड १२ लाख बजेट पाउने भएका छन । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको संघिय सरकारको बजेटमा दोलखामा बढी रकम भिमेश्वर नगरपालिकालाई तथा विगु गाउँपालिकालाई कम रकम विनियोजन भएको छ ।
संघिय सरकारले बजेट मार्फत जिरी नगरपालिकामा २५ करोड ८४ लाख, भिमेश्वर नगरपालिकामा ४१ करोड १४ लाख विनियोजन भएको छ । त्यसैगरी कालिन्चोक गाउँपालिकामा ३१ करोड ६३ लाख, गौरीशंकर गाउँपालिकामा २४ करोड ४४ लाख, तामाकोसी गाउँपालिकामा २८ करोड ३४ लाख, बैतेश्वर गाउँपालिकामा २६ करोड ४२ लाख विनियोजन भएको छ । त्यसैगरी मेलुङ गाउँपालिकामा २७ करोड ९२ लाख, विगुमा २३ करोड ९० लाख, शैलुङ गाउँपालिकामा २५ करोड ४९ लाख रकम विनियोजन भएको छ ।

Shares

Be the first to comment on "दोलखाका स्थानीय तहलाई दुई अर्ब ५५ करोड १२ लाख बजेट"

Leave a comment

Your email address will not be published.


*