यस्तो छ दोलखाका स्थानीय तहको बजेट

चरिकोट –दोलखाका स्थानीय तहले बजेट मार्फत पुर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएका छन । असार १० आफ्नो नगर तथा गाउँसभा मार्फत दोलखाका ९ वटा स्थानीय तहले आफ्नो आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गदै पुर्वाधार विकासमा जोड दिएका हुन । भिमेश्वर नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ को लागि विभिन्न शिर्षकमा ८७ करोड ६१ लाख ५१ हजारको अनुमानित आय–व्ययको विवरणमा बजेट नगरपालिकाकी उपाध्यक्ष कमला बस्नेतले प्रस्तुत गरेकी थिइन । भिमेश्वर नगरपालिकाले बजेट विनियोजित रकम मध्ये क्षेत्रगत रूपमा पुर्वाधार बिकासमा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । पुर्वाधार बिकासमा ३६ करोड १३ लाख ४५ हजार, सामाजिक बिकास तर्फ ३५ करोड ८७ लाख ५९ हजार र सुशासन तथा संस्थागत विकासमा १० करोड ६३ लाख ४३ हजार बजेट विनियोजन गरेको छ ।त्यसैगरी आर्थिक बिकास तर्फ २ करोड ६६लाख ९५ हजार र वन तथा वातावरण विपद् व्यवस्थापनको लागि २ करोड ३० लाख रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ । भिमेश्वर नगरपालिकाले वडास्तरिय २०९ ओटा योजना र नगरस्तरिय १५० योजनामा बजेट विनियोजन गरेकोहो। त्यसैगरी जिरी नगर पालिकाले पनि आफ्नो नगर सभा गर्दै आर्थिक वर्ष २०७६/०७७ को लागि विभिन्न विकास योजनाका शीर्षकमा ४२ करोड ४० लाख बजेट विनियोजन गरेको जिरी नगरपालिकाले जनाएको छ । यस्तै गाउँपालिकातर्फ बैतेश्वर गाउँ पालिकाले पाँचौं गाउँसभा गर्दै आर्थिक वर्ष ०७/०७७ को लागि ३९ करोड १७ लाख २१ हजार बजेट विनियोजन गरेको गाउँपालिकका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए । जस अनुसार पुर्वाधार बिकास तर्फ १० करोड ४५ लाख ५० हजार रुपैया , सामाजिक तथा सुशासन बिकास तर्फ ६ करोड १४ लाख ४९ हजार, वातावरण तथा बिपत ब्यबस्थापन तर्फ २१ लाख ५० हजार, आर्थिक बिकास तर्फ ९९ लाख ७२ हजार, र कृषि तथा पशुपालन तर्फ १ करोड ३० लाख विनियोजन गरेको छ । असार २२ गते पुन बस्ने गरि गाउँसभा सम्पन्न भएको ँ पालिका अध्यक्ष छवि लामाले सभा मार्फत जानकारी दिएका छन् । यसैगरी तामाकोसी गाउँपालिकाले पनि आफ्नो चौथो गाउँ सभा गर्दै आर्थिक वर्ष ०७६÷०७७ को विभिन्न विकास योजनामा बजेट प्रस्तुत गरेको छ ।गाउँ सभावाट आर्थिक वर्षको ०७६/०७७को लागी ४६करोड ७६ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । दोलखाको शैलुङ गाउँपालिकाले पनि आफ्नो गाउँसभाबाट आर्थिक वर्ष ०७६÷०७७ का निति तथा कार्यक्रमका शिर्षकमा ३८ करोड ६४ लाखको बजेट विनियोजन गरेको बताएको छ । मेलुङ गाउँपालिकाले पनि तेस्रो बजेट गाउँ सभा गरेर ३९ करोड २६ लाख बराबरको बजेट प्रस्तुत गरेको छ।यस्तै गौरिशंकर गाउँपालिले पनि आर्थिक वर्ष ०७६/७७को लागी कुल ३६ करोड ७१ लाख बजेट प्रस्तुत गरेको छ। यसैगरी बिगु गाउँपालिकाले आर्थिक वर्ष ०७६/०७७ कोलागी करिब ३६ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । कालिञ्चोक गाउँ पालिकाले पनि आर्थिक वर्ष २०७६/०७७को लागी ३३करोड ३२ लाख ८७ हजार प्रस्तुत गरेको छ ।

Shares