दोलखाका स्थानीय तहको बेरुजु ३६ करोड १९ लाख

नवराज शिवाकोटी असार,३२
चरिकोट/आर्थिक वर्ष २०७७-७८ मा दोलखाका स्थानीयतहहरुको बेरुजु रकम ३६ करोड १९ लाख ८० हजार रहेको पाइएको छ । महालेखा परीक्षकले गरेको उक्त आर्थिक वर्षको अन्तिम लेखा परीक्षणमा सो रकम बेरुजु भएको पाइएको हो ।
महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ मा आर्थिक वर्ष २०७७-७८ मा जिल्लाका ९ वटा स्थानीयतहहरुमा उक्त रकम बेरुजु देखिएको उल्लेख छ ।
प्रतिवेदनका अनुसार जिल्लाका ९ स्थानीयत हहरु मध्ये रकमका हिसावले सबै भन्दा बढी भीमेश्वर नगरपालिकाको तथा सबै भन्दा कम तामाकोशी गाउँपालिकाको रहेको छ । आर्थिक वर्ष २०७७-७८ मा भीमेश्वर नगरपालिकाको बेरुजु रकम ९ करोड ६९ लाख ७० हजार रहेको छ भने सबैभन्दा कम तामाकोशी गाउँपालिकाको १ करोड १ लाख ४२ हजार रहेको छ ।
यसैगरी अन्य स्थानीय तहहरुमा बैतेश्वर गाउँपालिकाको ७ करोड २९ लाख ८१ हजार,मेलुङ गाउँपालिकाको ४ करोड ८२ लाख ६० हजार तथा विगू गाउँपालिकाको ४ करोड ३४ लाख ९४ हजार रहेको छ । यस्तै कालिञ्चोक गाउँपालिकाको २ करोड ७७ लाख ८४ हजार, शैलुङ गाउँपालिकाको २ करोड ६२ लाख ४६ हजार र गौरिशंकर गाउँपालिकाको १ करोड ९३ लाख २० हजार बेरुजु देखिएको महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कुल लेखापरीक्षण गरिएको रकमको प्रतिशतका हिसाबले भीमेश्वर नगरपालिकाको ४ दशमलब ८०, बैतेश्वर गाउँपालिकाको ६ दशमलब ३३ र विगु गाउँपालिकाको ४ दशमलब २० प्रतिशत रकम बेरुजु देखिएको छ । यसैगरी मेलुङ गाउँपालिकाको ४ दशमलब ०५, शैलुङ गाउँपालिकाको २ दशमलब १६, तथा कालिञ्चोक गाउँपालिकाको १ दशमलब ९५ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै गौरिशंकर गाउँपालिकाको १ दशमलब ८८, जिरी नगरपालिकाको १ दशमलब ६८ र तामाकोशी गाउँपालिकाको शुन्य दशमलब ८३ प्रतिशत रकम बेरुजु देखिएको महालेखा परीक्षक टंकमणी शर्माले आसार २९ गते राष्ट्रपती समक्ष पेश गरेको ५९ औं प्रतिवेदनमा उल्लेख छ ।

Shares

Be the first to comment on "दोलखाका स्थानीय तहको बेरुजु ३६ करोड १९ लाख"

Leave a comment

Your email address will not be published.


*