दोलखाको सिंगटी बजारलाई ढुंगाले दियो तनाब ः २२ घर खाली गराइयो

चरिकोट (दीस) ः दोलखाको सिंगटी बजारलाई ढुंगाले तनाब दिएको छ । पहिरोको जोखिम उच्च भएपछि आइतबार दोलखाको विगु गाउँपालिका–३ सिंगटीको खोलीखिम बजारका २२ घर खाली गराइएको छ । खोलीखिम बजारको माथिल्लो क्षेत्रमा सडकको पहिरोसँगै ठूलो ढुंगा बस्तीमा खस्ने जोखिम बढेपछि घरहरू खाली गराइएको हो । उक्त ढुंगा आज २ ÷३ मिटर सरेको स्थानीयले बताएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिनु भयो । उक्त क्षेत्रमा सवारी आवागमन पनि बन्द गराइएको इलाका प्रहरी कार्यालय सिंगटीका जनाएको छ । बजार क्षेत्रका बासिन्दालाई कालिञ्चोक गाउँपालिका–३ को बजार क्षेत्रमा सारिएको छ । ढुंगा खस्ने जोखिम बढेपछि हिडडुल गर्न समेत प्रतिबन्ध गरिएको छ । ढुंगा खसेर सिंगटी खोला थुनिने र त्यसबाट क्षतिको जोखिम अझ बढ्ने भन्दै स्थानीयमा त्रास छ ।

Shares

Be the first to comment on "दोलखाको सिंगटी बजारलाई ढुंगाले दियो तनाब ः २२ घर खाली गराइयो"

Leave a comment

Your email address will not be published.


*