दोलखाका सामुदायिक विद्यालयले विभिन्न बाहनामा शुल्क असुल्दै

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन १९
दोलखाका सामुदायिक विद्यालयले विद्यार्थीसंग विभिन्न बाहनामा शुल्क अशुल्ने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
संविधानको धारा ३१ को २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको अनिवार्य र नि शुल्क तथा माध्यमिक तहसम्मको निशुल्क शिक्षा पाउने व्यवस्था रहेकाे छ । तर दोलखाका अधिकाँश विद्यालयले विभिन्न बाहनामा विद्यार्थीहरुसँग शुल्क उठाउने गरेको विद्यार्थीहरुले गुनासो गरेका हुन् ।
यसको गतिलो उदाहरण बनेको छ, भीमेश्वर नगरपालिका ७ मकैबारीमा अवस्थित कुुटीडाँडा माध्यमिक विद्यालय । विद्यालयले शिक्षकको तलबका लागि भन्दै विद्यार्थीबाट परिक्षा शुल्क बापत १ सय, मासिक पढाइ शुल्क ४ सय र कम्प्युटर शुल्कबापत ४ सय गरि वार्षिक ९ सय रुपैँया विद्यार्थीबाट अशुल्ने गरेको पाइएको छ ।
विद्यालयका प्रधानाध्यापक शंकरलाल श्रेष्ठले शिक्षकको तलबको तलब अपुग भएकाले विद्यार्थीहरुबाट थोरै रकम लिएको बताए ।
उनले भने “ विद्यालयका शिक्षकहरुलाई पर्याप्त तलब छैन् त्यसकारण व्यवस्थापनका लागि शुल्क लिएका हौँ । कम्प्युटर शुल्क बापत ४ सय रुपैँया भने कक्षा ९ र १० का विद्यार्थीहरुबाट मात्रै उठाइएको हो ।”
भीमेश्वर नगर शिक्षा समितिका सदस्य समेत रहेका शंकरलाल श्रेष्ठ प्रधानाध्यापक रहेको विद्यालयले विद्यार्थीबाट विभिन्न बाहनामा शुल्क उठाएकोमा अनेरास्ववियु दोलखाका सहसंयोजक राजकुमार ढुङ्गेलले बिरोध गरेका छन् ।
विदालयले विभिन्न बाहनामा विद्यार्थीहरुबाट शुल्क अशुल्नु ठिक नएकाले अब अनेरास्ववियु बिरोधमा उत्रने उनले बताएका छन् ।
उनले भने “हामीलाई विद्यार्थीहरुले विद्यालयले चर्को शुल्क लिएको भन्ने गुनासो आएको छ । गत वर्ष केही विद्यालयलाई शुल्क नलिन भनेका थियौँ । तर विद्यालयले शुल्क लिने गरेको अत्याधिक गुनासो आउन थालेकाले हामी विरोधमा उत्रिन बाध्य हुने अवस्था आएको छ ।”
उनका अनुसार देवी मावि, सुर्के मावि र नमुना छनौटमा परेको कालिञ्चोक माविले समेत विद्यार्थीहरुबाट विभिन्न शिर्षकमा शुल्क अशुल्ने गरेको गुनासो विद्यार्थीबाट आउने गरेको छ ।

Shares

Be the first to comment on "दोलखाका सामुदायिक विद्यालयले विभिन्न बाहनामा शुल्क असुल्दै"

Leave a comment

Your email address will not be published.


*