दोलखाका सांसद काफ्ले बागमती प्रदेश सरकारको मन्त्रीमा नियुक्त

चरिकोट (दीस) ः दोलखाको प्रदेश क बाट निर्वाचित सांसद एबंम नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले बागमती प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनु भएको छ । उहाँलाई बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिह लामाले मन्त्रीमा नियुक्त गर्नु भएको हो । कांग्रेसबाट आज नै कुन्दनराज काफ्ले, श्याम खड्का, मदु कुमार श्रेष्ठले मन्त्री पदको शपथ ग्रहण गर्नु भएको छ ।
त्यसैगरी एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गर्नु भएको छ ।

Shares

Be the first to comment on "दोलखाका सांसद काफ्ले बागमती प्रदेश सरकारको मन्त्रीमा नियुक्त"

Leave a comment

Your email address will not be published.


*