दोलखाका वन अधिकृत दुई लाख घुससहित पक्राउ

चरिकोट– जिल्ला वन कार्यालय दोलखाका वन अधिकृत सन्तमाया श्रेष्ठ घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग  टोलीले भक्तपुरको गठ्ठाघरबाट बिहीबार साँझ उनलाई नियन्त्रणमा लिएको हो । दोलखाबाट काठमाडौं जाँदै गरेको बा१झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठलाई घुस रकम २ लाखसहित बिहिबार साँझ ३ जनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखाका वन अधिकृत दुई लाख घुससहित पक्राउ"

Leave a comment

Your email address will not be published.


*