दोलखाका प्रमुख जिल्ला अधिकारीको सरुवा

चरिकोट, १८ भदौ (दीस) – गृह मन्त्रालयले दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्ता शर्माको सरुवा गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल घुस काण्डमा मुछिएर कारवाहीमा परेपछि शर्मा दोलखा आएका थिए ।उनले दोलखामा ८ महिना प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । शर्माले दोलखामा राम्रो कार्यसम्पादन गरेर सरुवा भएका छन् । उनले दोलखामा कोरोना नियन्त्रण गर्न समन्वयकारी भुमिका निभाएका छन् । सरकारले दोलखामा प्रमुख जिल्ला अधिकारीको दरबन्दी सहसचिब बनाउने निर्णय गरेसँगै गृह मन्त्रालयका सहसचिव रमेश शिवाकोटीलाई नयाँ प्रजिअको जिम्मेवारी दिईएको हो । शिबाकोटी दोलखामा पहिलो सहसचिब प्रमुख जिल्ला अधिकारी भएर आउन लागेका हुन ।

Shares

Be the first to comment on "दोलखाका प्रमुख जिल्ला अधिकारीको सरुवा"

Leave a comment

Your email address will not be published.


*