दोलखाका पाँच जना किसान संघमा मनोनित

चरिकोट(दीस)ः नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ केन्द्रीय कार्यसमितिमा दोलखाका चार जनालाई मनोनित गरिएको छ । बिहिवार नेपाली काँगे्रका सभापति शेरबहादुर देउवाले दोलखाका पाँच लागायत २१६ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नु भएको हो ।
पार्टी सभापति देउवाले गणेशचन्द्र तिमिल्सीनाको अध्यक्षतामा गठित महासंघमा २१६ जना सदस्य मनोनित गर्नु भएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ । दोलखाबाट केन्द्रीय सदस्यहरुमा मनोनित हुनेहरुमा बमबहादुर तामाङ,कष्ण दहाल, जगतबहादुर श्रेष्ठ, यामबहादुर तामाङ तथा नारायण बस्नेत रहनुभएको छ ।

Shares

Be the first to comment on "दोलखाका पाँच जना किसान संघमा मनोनित"

Leave a comment

Your email address will not be published.


*