दोलखाका पर्यटकिय क्षेत्र ःशैलुङ र च्योर्दुङमा पर्यटन पूर्वाधारको विकास गरिने

चरिकोट,–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र दोलखाको २ वटा स्थानीय तहको साझेदारीमा पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार विकास योजना संञ्चालन गर्ने भएको छ । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी अन्र्तगत मन्त्रालयले स्थानीय तहसँगको साझेदारीमा जिल्लाको शैलुङ गाउँपालिकाको कालापानीमा मिनिग्रेट वाल र जिरी नगरपालिकामा च्योर्दुङ एकीकृत पर्यटन पुर्वाधार विकास आयोजना संञ्चालन गर्ने भएको हो । ति आयोजनाहरु सञ्चालनका लागि कुल लागत ७ करोड ६० लाख रहेको छ । जसमध्ये आयोजनाहरु संञ्चालनको लागि मन्त्रालयले ५ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । लागत साझेदारी अनुसार बाँकी रकम सम्बन्धित स्थानीय तहले विनियोजन गर्नुपर्ने हुन्छ । शैलुङमा कालापानी मिनि ग्रेट वाल २ वर्षभित्र निर्माण सम्पन्न गर्नका लागि मन्त्रालयले ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शैलुङ गाउँपालिकाले १ करोड ५० लाख बजेट विनियोजन गर्नेछ । उक्त आयोजनाको कुल लागत ५ करोड रुपैयाँ रहको छ । यस्तै च्योर्दुङ एकीकृत पर्यटन पुर्वधार निर्माणका लागि मन्त्रालयले १ करोड ६९ लाख रुपैयाँ विनियोजन गरेको छ । २ करोड ६० लाख कूल लागतको आयोजना १ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ । जिरी नगरपालिकाको लागत साझेदारी ९१ लाख रुपैयाँ रहने छ । ति योजनाहरु चालु आवबाट सूरुवात हुने मन्त्रालयले जनाएको छ । पर्यटन पूर्वाधार निर्माणले बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढ्ने र पालिकाहरुको समृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ ।

Shares

Be the first to comment on "दोलखाका पर्यटकिय क्षेत्र ःशैलुङ र च्योर्दुङमा पर्यटन पूर्वाधारको विकास गरिने"

Leave a comment

Your email address will not be published.


*