दोलखाका धामीझाँक्रिले उपचार पद्धतिमा जटिबुटिको प्रयोग गर्दै

ईश्वर बिश्वकर्मा
दोलखा भिमेश्वर नगरपालिका १ का डबले थामी झारफुक बिधीबाट बिरामीको उपचार गर्ने गर्दछन् । उनले झारफुक बिधीसहित जटिबुटिको प्रयोग गर्न बिरामीहरुलाई सल्लाह दिने गर्दछन् ।
उनलाई विश्वास गरेर आउने व्यक्तिहरुलाई उनले बिभिन्न मन्त्रसहित झारफुक गर्दछन् र उपचारका लागि केहि मात्रमा जटिबुटि पनि दिने गर्दछन् । उनले आफुले जानेजतिको बिधीअनुसार बिरामीलाई स्वस्थ बनाउने प्रयास गर्दछन् । उनलाई विश्वास गरि आउनेको कतिपयको समस्या समाधान पनि हुन्छ किनकी उनले झारफुक सँगै जटिबुटिको प्रयोगद्धारा उपचार गर्ने गरेको उनि बताउँछन् । उनले आफुले पानी अमला, सुनाखरी, कागती, कालो हलेवावेद, सेतो दुबो लगायतका जटिबुटि उपचार पद्धतिमा प्रयोग गर्ने गरेको बताए ।
उनकाअनुसार आफुकहाँ आउनेको झारफुक गरि समस्या समाधान भएमा खुसी हुन्छन्, भने समस्या समाधान नभएमा आयुर्वेदिक स्वास्थ्य केन्द्र वा अस्पताल जान सल्लाह दिन्छन् ।
त्यस्तै अर्का झारफुक गर्ने व्यक्ति हुन् भिमेश्वर नगरपालिका ४ जिलुका खड्क प्रसाद सापकोटा । उनि कहाँपनि विभिन्न स्वास्थ्य समस्या आएका व्यक्तिहरु आउने गर्दछन् उनले पनि झारफुकसगैँ जडिबुटिको प्रयोग गरि बिरामीहरुको उपचार गर्दछन् । पछिल्लो समयमा मानिसहरुले धामीझाँक्रिमा विश्वास गर्न छाडेकोमा उनले खुसी प्रकट गरे । “हामीले जानेसम्म त स्वास्थ्य समस्या समाधान गर्ने गर्दछौँ तर डाक्टरको झैँ ढुक्क हुनु भनेको आफ्नो स्वास्थ्य प्रतिको हेलचेक्रयाँइ हो ” सापकोटाले भने ।
जिल्लामा पछिल्लो समयमा परम्परागत उपचार पद्धतिमा प्राय ः मानिसहरुले विश्वास गर्न छाडिसकेका छन् । तर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले जिल्लामा झारफुक पद्धतिद्धार उपचार गर्ने व्यक्तिहरुलाई आफ्नो उपचार पद्धतिमा जटिबुटिको प्रयोग गर्न सल्लाह दिएको छ ।
बिहीबार परम्परागत शैलीको उपचार पद्धतिलाई व्यवस्थित गरि जटिबुटिको प्रयोगद्धारा स्वास्थ्य समस्याहरुकोे निराकरणकालागि धामीझाँक्रीलाई सन्देश दिने उद्धेश्यले गरिएको एक कार्यक्रममा जिल्लामा रहेका झारफुक गर्ने व्यक्तिहरुलाई भेला गरि सो सल्लाह दिएको हो ।
जिला भित्र रहेका स्थानिय परम्परागत स्वास्थ्यकर्मीहरुको ज्ञान सीपको अभिलेखिकरण कार्यक्रममा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र दोलखाकी कविराज निरीक्षक अर्चना झाले आर्यूवेदिक उपचार पद्धतिको बिधी र विकास लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरिन् ।
त्यसैगरि कविराज निरिक्षक विमल श्रेष्ठले स्वस्थ रहन गर्नुपर्ने उपाय, झारफुक पद्धतिमा जटिबुटिको प्रयोग लगायतको विषयमा प्रस्तुति दिएका थिए ।
उनले पछिल्लो समयमा मानिसहरु आधुनिकताको नाममा बिकृतितर्फ उन्मुख भएकोमा दुख व्यक्त गर्दै प्राचिन समयमा पुर्खाले विकास गरेको राम्रो पक्षलाई संरक्षण गर्नूपर्ने बताए ।
कविराज निरिक्षक श्रेष्ठले झारफुक विधीबाट उपचार गर्दा जटिबुटिको प्रयोग हुने गरेको तर कसरी र कुन विधीले प्रयोग गर्ने तरिका बारे जानकारी नहुँदा समस्या आउने गरेको बताए ।
धामीझाँक्री प्रति पछिल्लो समयमा विश्वास नभएपनि कतिपय मानिसले सोही व्यक्तिहरु कहाँ गएर विश्वासका साथ उपचार गराउने गरेको पाइन्छ ।
सो उपचार बिधीमा झारफुक सँगै जटिबुटिको प्रयोग हुने भएकाले जटिबुटिबारे जानकारी दिन सो कार्यक्रम आयोजना गरिएको उनले बताए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा भएको सो कार्यक्रममा जिल्लाका २० भन्दा बढी धामीझाँक्रिहरुको सहभागिता रहेको थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ७२ लाख बजेट
दोलखामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा चालु आर्थिक वर्ष ७२ लाख बजेट प्राप्त भएको छ ।
कर्मचारी तलब सहित केन्द्रमा १२ भन्दा बढि विभिन्न कार्यक्रमका लागि चालु बर्ष ७२ लाख रुपैँया प्राप्त भएको हो ।
एक घर, पाँच जटिबुटि, निशूल्क स्वास्थ्य शिविर लगायतका उपचारात्मक सेवा, प्रर्बधनात्मक सेवा र प्रचारात्मक सेवाको लागि प्रदेश सरकारबाट सो बजेट प्राप्त भएको केन्द्रले जनाएको छ ।
केन्द्रले बिरामी उपचार सेवा, औषधी वितरण, स्नेहन, स्वेदन र पिचु सेवा लगायतका उपचारात्मक सेवा दिने गरेको कविराज निरीक्षक बिमल श्रेष्ठले बताए ।
जेष्ठनागरिकहरुको लागि स्वास्थ्यबर्धक विषेश उपचार सेवा, स्तनपायी आमाहरुको लागि ६ महिनासम्म विषेश स्तनबर्धक उपचार सेवा केन्द्रले दिने गरेको उनले बताए ।
त्यसैगरि विद्यालय र समुदायमा स्वास्थ्य तथा जडिबुटिसम्बन्धी ज्ञानका कार्यक्रम र विभिन्न दिवस मनउने गरेको केन्द्रले जनाएको छ । पछिल्लो वर्षहरुको आयुर्वेदिक उपचार पद्धतिप्रति मानिसहरुको आकर्षण बढेको केन्द्रले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखाका धामीझाँक्रिले उपचार पद्धतिमा जटिबुटिको प्रयोग गर्दै"

Leave a comment

Your email address will not be published.


*