दोलखाका तिन सहकारीको साधारणसभा सम्पन्न

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर ७

दोलखाको तिन सहकारी संस्थाहरुको साधारणसभा शनिबार सम्पन्न भएको छ ।
जिल्लामा अवस्थित मिलीजुली साकोसको २६ औँ, कालिञ्चोकको ४८औँ र राष्ट्रसेवक सहकारीको २० औँ साधारण चरिकोटमा सभा सम्पन्न भएको हो ।
मिलीजुली सहकारीमा २८ हजार ७३ जना कुल सदस्य रहेका छन् । ८ करोड १७ लाख ५९ हजार ७ सय संस्थाको शेयर पूँजी रहेको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठकाअनुसार संस्थाले ८५ करोड ५६ लाख ५३ हजार ३ सय ६८ ऋण लगानी गरेको छ । संस्थाले कृषि कर्जा, शैक्षिक कर्जा, स्वास्थ्य उपचार कर्जा लगायतका विभिन्न शिर्षकमा ऋण लगानी गर्ने गरेको उनले बताए ।
२० जना महिला शेयरसदस्यलाई ब्युटिपार्लर र धुप बाट्ने तालिम दिने, कार्यक्षेत्रको ग्रामिण भेगमा कुखुरापालन र तरकारी खेती सम्बन्धी तालिम दिने लगायतका कार्यक्रम चालु वर्षमा गर्ने संस्थाले चनाएको छ । साधारणसभाको अवसरमा संस्थाले नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणको लागि नगद २२ हजार रकम महासंघका अध्यक्ष जीवन लामालाई प्रदान गरेका छन् ।
त्यसैगरि कालिञ्चोक सहकारीमा ९ सय ५३ जना सदस्य रहेका छन्, भने संस्थाको शेयर पूँजी ७१ लाख ४४ हजार रहेको संस्थाका अध्यक्ष राजेश उप्रेतीले बताए ।
संस्थाले खुद ब्याज आम्दानी ४१ लाख ६५ हजार ७ सय ५९ रुपैँया गर्न सफल भएको अध्यक्ष उप्रेतीले बताए । संस्थामा ४ लाख १४ हजार १ सय ७२ स्थिर सम्पति रहेको उनले बताए ।
कालिञ्चोक सहकारी र मिलीजुली साकोस निकट समयमैँ एकिकरण गरिने भएकाले ति दुई सहकारीले संयुक्तरुपमा साधारणसभा सम्पन्न गरेका हुन् ।
त्यसैगरि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ साधारणसभा सम्पन्न भएको छ ।
२०५६ सालमा स्थापित सो सहकारीमा १ सय ९९ सेयर सदस्य रहेका छन् । सहकारीमा शेयर पूँजी २८ हजार ६ सय ५० रुपैँया रहेको संस्थाका कोषाध्यक्ष कृष्ण थापाले बताए । संस्थाको कुल पूँजी ५८ लाख २६ हजार ४ सय १६ रुपैँया रहेको छ ।

Shares

Be the first to comment on "दोलखाका तिन सहकारीको साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*