दोलखाका चार जनामा कोरोना संक्रमण पुष्टि

दीक्षण समाचार
चरिकोट, साउन २
दोलखामा सोमबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ जनाको नमूना स्वाबको एन्टिजेन प्रविधिबाट परीक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार जिरी नगरपालिकाका १ पुरुष, १ महिला र बैतेश्वर गाउँपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबै होम आइसोलेसनमा बसेका छन् । आइतबार पहिलो पटक जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेललाई कोरोना संक्रमण भएको थियो । यसले जिल्लामा साउन लागेसँगै कोरोना संक्रमण सक्रिय हुन थालेको पुष्टि भएको छ । चिनको बुहान हुँदै विश्वभर फैलिन क्रममा २०७६ फागुनदेखि नेपालमा फैलिन थालेको कोरोना महामारी अहिले पनि साम्य भएको छैन । केही महिना सेलाएको कोरोना पुनः सक्रिय हुन थालेपछि आममानिस चिन्तामा परेका छन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मापदण्डलाई पुनः निरन्तरता दिई कोरोनाबाट सुरक्षित रहन अनुरोध गरेका छन् ।  

Shares

Be the first to comment on "दोलखाका चार जनामा कोरोना संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*