दोलखाकाे गौरीशंकर गाउँपालिकाका थप ५ जनामा कोरोनामा पुष्टी

चरिकोट (दीस) –दोलखाकाे गौरीशंकर गाउँपालिकाका थप ५ जनामा कोरोनामा पुष्टी भएको छ । आज आएको रिपोर्ट अनुसार पुरुष संक्रमित ४ जना र महिला संक्रमित १ जना रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमित हुनेमा पालिकाका ३ जना कर्मचारी ,बैकका कर्मचारी एक जना र समुदायका एक जना रहेको पनि जनाइएको छ । पालिकाका २ जनामा कोरोना संक्रमण भए पछि सम्पर्कमा रहेका ८३ जनाको स्बाब संकलन गरेर पिसिआर टेष्टको लागि धुलिखेल पठाइएको थियो ।पालिकाकी उपाध्यक्ष उर्मिला थामीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

Shares

Be the first to comment on "दोलखाकाे गौरीशंकर गाउँपालिकाका थप ५ जनामा कोरोनामा पुष्टी"

Leave a comment

Your email address will not be published.


*