कर्णेल मिलन केसीको सिन्धुपाल्चोक पहिरोमा परी निधन

चरिकोट (दीस) ः  नेपाली सेनाका कर्णेल मिलन केसीको सिन्धुपाल्चोकको सिन्धु बीच रिसोर्टमा पहिरोमा परी शनिबार निधन भएको छ। भीमेश्वर नगरपालिका–८ निवासी कर्णेल केसी शुक्रबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ चियानेस्थित रिसोर्टमा दुई कोरियाली नागरिकसँगै पुग्नु भएको थियो । शनिबार उहाँहरु बसेको रिसोर्ट पहिरोले पुरिएर उहाँहरूसँगै दुई कोरियन नागरिकको पनि मृत्यु भएको छ। रिसोर्टमा सुतिरहेको बेला शनिबार बिहान १० बजे रिसोर्ट माथिबाट  पहिरो झरेको थियो ।कर्णेल केसी हाल खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो र हालै कर्णेल पदमा बढुवा हुनुभएको थियो। उहाँले दज्र्यानी चिन्ह लगाउन बाँकी रहेको र केही समयपछि शान्ति मिसनका लागि सिरिया जान तयारी गरिरहेको परिवारले जानकारी दिएको छ।

Shares

Be the first to comment on "कर्णेल मिलन केसीको सिन्धुपाल्चोक पहिरोमा परी निधन"

Leave a comment

Your email address will not be published.


*