दोलखाका उत्कृष्ट करदाता सम्मानित

SAMSUNG CSC

इश्वर बिश्वकर्मा
चरिकोट, मंसिर ३
दोलखामा उत्कृष्ट करदाताको रुपमा सिम्पानी निर्माण सेवा प्रा.लि सम्मानित भएको छ । दशौँ राष्ट्रिय कर दिवस र कर सप्ताह २०७८ को अवसरमा शुक्रबार करदाता सेवा कार्यालय दोलखाले निर्माण सेवा प्रा.लिलाई विभिन्न मापदण्डको आधारमा सम्मान गरेको हो । कार्यालयको कार्यक्षेत्र अन्तर्गत रहेका करदाताहरुमध्ये कर सहभागिता जनाई २०७६÷०७७ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोले कम्पनीलाई उत्कृष्ट करदाता घोषणा गरी सम्मान गरिएको कार्यालयले जनाएको छ ।
कम्पनीका सञ्चालक भरत खत्रीलाई करदाता सेवा कार्यालय प्रमुख एवं कर अधिकृत गणेश बहादुर डाँगी र दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गर्नुभयो ।

सम्मानित कम्पनीका सञ्चालक खत्रीले अथक मिहिनेतको परिणाम देखिएर फल प्राप्त भएको भन्दै कम्पनी परिवार तथा कर कार्यालय प्रति आभार व्यक्त गर्नुभयो । “स्वेच्छिक कर सहभागितामा अभिवृद्धीः सुशासान, विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निरौलालले सम्मानित कम्पनीलाई थप प्रगतिको शुभकामना दिदैँ कर तिर्दा राज्यबाट सम्मान पाइने कुरा उजागर भएको बताउनुभयो ।
नेपालीहरुमा व्यावसायिकताको कमी रहेको उल्लेख गर्नुहुँदै उहाँले नेपाली नागरिकले नोकरीलाई प्राथमिकता दिनुभन्दा व्यवसायलाई जोड दिनुपर्ने सुनाउनुभयो । कार्यालयबाट प्रवाह गरिने सेवालाई थप व्यवस्थित बनाउन प्रयत्नशील हुने बताउनुहुँदै कार्यालय प्रमुख, कर अधिकृत डाँगीले कर प्रशासन सुधार योजना गरिएको र करदाता र कर प्रशासन बिचको सम्बन्ध सुमधुर बनाई आफ्नो कार्यकाल सफल बनाउने सुनाउनुभयो । जिल्लामा करदाता बृद्धिका गर्न लागि शिक्षा, सचेतना कार्यक्रममा सञ्चालन गरिएको र दैनिक करदाता थपिने क्रम बढेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य रामेश्वर मानन्धर, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दीपशंकर चौलागाईँ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्मान कार्यक्रम पश्चात करदाताको स्वेच्छिक कर सहभागिताको लागि आवश्यक पर्ने नीति, विधि र प्रक्रिया बारे जानकारी दिन अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा आर्थिक ऐन, २०७८ ले व्यवस्था गरेको छुट तथा सुविधाहरु सम्बन्धमा छलफल समेत गरिएको आयोजकले जनाएको छ । वि.सं २०५४ साल मंसिर १ गतेबाट नेपालमा मूल्य अभिबृद्धि कर (भ्याट) लागू भएको सम्भmनामा प्रत्येक वर्षको मंसिर १ गतेलाई कर दिवसको रुपमा मनाइन्छ ।

Shares

Be the first to comment on "दोलखाका उत्कृष्ट करदाता सम्मानित"

Leave a comment

Your email address will not be published.


*