दोलखाका उच्च क्षेत्रमा हिमपात

राजकुमार भुजेल,÷चरिकोट –दोलखाका उच्च क्षेत्रमा हिमपात भएको छ । शनिबार जिल्लाका उच्च क्षेत्र कालिञ्चोक , शैलुङ, रोल्वालिङ जस्ता उच्चक्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै हिमाली क्षेत्रमा हिउँ देखिन थालेको छ । दोलखा उच्च क्षेत्रमा जाडोको समयमा पनि पर्याप्त मात्र हिउँ परेको थिएन् । दोलखा यो बर्ष छिटफुट बाहेक हिउँ पर्न सकेको छैन । शनिबार हिमपात परेपछि यस वर्ष मात्रै कालिन्चोक क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ । गत फागुन महिनाको १४ गते पहिलो पटक भारी हिमपात भए पछि शनिबार दोस्रो पटक हिमपात भएको कुरी बजारका होटल व्यवसायी चन्द्र कुमार लामाले जानकारी दिनुभयो। चैत महिनामा लागे सँगै कालिन्चोकमा दोस्रो पटक भारी हिमपात भएको लामाको भनाई छ।

Shares

Be the first to comment on "दोलखाका उच्च क्षेत्रमा हिमपात"

Leave a comment

Your email address will not be published.


*