दोलखाका आदिवासी जनजाति जनप्रतिनिधिहरूलाई सम्मान

दीक्षण समाचार
चरिकोट, साउन २४
दोलखाका आदिवासी जनजाति जनप्रतिनिधिहरूलाई मंगलबार सम्मान गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाले फोनिजको २३ औँ स्थापना दिवस र २८ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, बिगु गाउँपालिकाका उपाध्यक्ष देविका थामी सम्मानित हुनुभएको छ । त्यसैगरी वडाध्यक्षहरू आङपासाङ शेर्पा, माधव थामी, स्टालिन श्रेष्ठ, पदम थामी, टहल थामी र नवीन लामालाई सम्मान गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले सम्मानित जनप्रतिनिधिहरूलाई बधाई दिँदै जनताको अभिभावक बनेर परिणात्मक काम गर्न अनुरोध गर्नुभयो । उहाँले आदिवासी जनजाति सँगै पछि पारिएका सम्पूर्ण जातजाति र समुदायलाई सशक्तीकरण र उत्थानका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । फोनिज दोलखाका अध्यक्ष अर्जुन पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका सचिव दिल बहादुर केसी, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल र फोनिज दोलखाका पूर्वअध्यक्ष जीवन लामाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "दोलखाका आदिवासी जनजाति जनप्रतिनिधिहरूलाई सम्मान"

Leave a comment

Your email address will not be published.


*