दोलखामा प्रेस चौतारिको २५ औँ स्थापना दिवस मनाइयो

चरिकोट(दीस) ः प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । “समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुलधर्म” भन्ने नाराका साथ प्रेस चौतारी नेपाल दोलखा शाखाले स्थापना दिवसको अवसरमा आइतबार सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा शुभकामना व्यक्त गर्नु हुँदै नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले विकास र समृद्धिका लागि पत्रकारहरुको भूमिका शसक्त र प्रभावकारी बनाइनु पर्ने बताउनु भयो । पत्रकारहरुले खोजी समाचारलाई प्राथमिकता दिएर सक्रियता बढाउन आवश्यक रहेको अध्यक्ष श्रेष्ठको भनाई थियो । उहाँले पत्र कारहरुको हकहित र अधिकार संरक्षण, प्रवद्र्धन र संवद्र्धनका लागि गम्भिर भएर लाग्नु पर्ने खाँचो रहेको बताउनु भयो । सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरु आर्थिक संकटबाट गुज्रिरहेको बेला स्थानीय तह चुप लागेर बस्न नहुने उहाँको भनाई थियो । सञ्चारमाध्यम र पत्रकारिताको संरक्षणका लागि नेकपा एमालेको तर्फबाट क ामहरु हुने उहाँले उल्लेख गर्नु भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्केले स्वच्छ, निष्पक्ष र मर्यादित पत्रकारिताले समाज रुपान्तरणमा ठूलो भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले पत्रकारहरुले बेथिति, विसंगति र भ्रष्टाचार विरुद्ध निर्भिक रुपमा कलम चलाएर खबरदारी गर्न डराउन नहुने उल्लेख गर्नु भयो । आर्थिक मन्दीका बिच जिल्लाका सञ्चारमाध्यमहरु आर्थिक संकटोन्मुख भएर बन्द हुने अवस्थामा पुगेका बेला यसलाई सबैको सम्पति ठानेर जोगाउन आवश्यक रहेको उहाँले बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाले निष्पक्ष र स्वतन्त्र भएर पत्रकारहरुले आफ्नो दायित्व पूरा गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दिपशंकर चौलागाईँले बेथिति र भ्रष्टाचार विरुद्ध कलम चलाउने पत्रकारहरु आफैँ बार्गेनिङ पत्रकारिता तर्फ उन्मुख भइरहेकोले यस्तो कार्य रोक्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा दोलखाका अध्यक्ष प्रभु जिरेलले प्रेस स्वतन्त्रता र अधिकारका लागि प्रेस चौतारीले अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनु भयो ।

Shares

Be the first to comment on "दोलखामा प्रेस चौतारिको २५ औँ स्थापना दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*