दोरम्बामा सवारी दुर्घटना,दोलखाको सैलुङ गाउँपालिकाका दुई बालिकाको मृत्यु

मंसिर ३ रामेछाप । दोरम्बा गाउँपालिका-२ दोरम्बा ढाक्रेबासमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । दोरम्बा गाउँपालिका-२ दहपातालमा आफन्तकोमा छेवर खाएर फर्किएका यात्रीहरु लिएर दोलखाको सैलुङ गाउँपालिका-८ भैसे जाँदै गरेको बा १३ च ७०९५ नं को गाडी दुर्घटनमा परेको हो । दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका-८ की १० वषिर्या सुवानी श्रेष्ठ र १२ वषिर्या दिलकुमारी श्रेष्ठको मृत्यु भएको छ ।
रामेछापका प्रहरी नायव उपरिक्षक सन्तोष भट्टराईकाअनुसार गाडी सडकबाट करिव ३ सय मिटर तल जंगलमा झरेको छ । घाइतेहरुलाई उपचारका लागि दोरम्बास्थित स्वास्थ्य चौकीमा ल्याइएको छ । उनीहरु मध्ये ८ जनाको अवस्था गम्भीर छ ।

Shares

Be the first to comment on "दोरम्बामा सवारी दुर्घटना,दोलखाको सैलुङ गाउँपालिकाका दुई बालिकाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*