देश नवरात्रीको सातौँ दिन आज सप्तमी, यस्तो छ फूलपाती महिमा

a8fbz}+sf] ;ftf} lbg d+unaf/ km"nkftLsf] cj;/df bdf}nLdf km"nkftL leqofOFb} . x/]s jif{ km"nkftLsf] cj;/df Jof; gu/kflnsf–$ l:yt tgx'F sflnsf dlGb/df km"nkftL leqofOG5 .

काठमाडौँ । नवरात्रीको सातौँ दिन आज घरघरमा फूलपाती भित्र्याइँदैछ । गोधूलि अथवा सूर्यास्तको समय पारेर हिन्दू धर्मावलम्बीहरूले घरघरमा फूलपाती भित्र्याउने गर्दछन् ।
दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको महत्व अधिक रहेको छ । सप्तमी तिथिका दिन दसैँको लागि पूजा सामग्री स्वरूप फूलपाती जमरा राखेको स्थलमा प्रवेश गरान्छ ।

सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्तीआदि नौ प्रकारका पातहरूलाई पूजाअर्चना गरी, नौ–नौवटाका दरले दुर्गा पूजा गरेको स्थानमा भित्र्याउने परम्परा रही आएको छ ।

यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजा–आराधना गर्ने प्रचलन छ ।

दैविकालमा इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत–अनष्ठान गरेको धार्मिक मिथ छ ।

फूलपातीका दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा–अर्चना गर्ने गरिन्छ ।

किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी (जमल) ल्याई बढाइँ साथ हनुमानढोका भित्र्याइन्छ ।

तस्बिरः रासस

Shares

Be the first to comment on "देश नवरात्रीको सातौँ दिन आज सप्तमी, यस्तो छ फूलपाती महिमा"

Leave a comment

Your email address will not be published.


*