प्रदेश नम्बर ३ स्तरीय महिला भलिबल छनौट प्रतियोगिता चरिकोटमा सुरु

  • रोजिना तमाङ
    “स्वस्थ्य लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने मुल नाराका साथ प्रदेश नम्बर ३ स्तरीय महिला भलिबल छनौट प्रतियोगिता सदरमुकाम चरिकोटमा सुरु भएको छ।
    प्रदेश खेलकुद परिषद प्रदेश नम्बर ३ काठमाडौंको आयोजना र जिल्ला विकास समिति दोलखाको सहआयोजनामा भएको छनोट खेलको उद्घघाटन बुधबार प्रदेश साभ सांसद पशुपति चौलागाईंले गरे ।
    ५ नम्बर प्रदेशको नेपालगन्जमा हुन गइरहेको आठौं राष्ट्रिय खेलकुद २०७५ मा ३ नम्बर प्रदेशको तर्फबाट सहभागी गराउने खेलाडीहरु छनोट गर्नका लागि खेल खेलाइएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हिरा थोकरले जानकारी दिए ।
    फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर ३ का दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र धादिङ जिल्लाले सहभागी जनाएको छ भने, रसुवाले छनोट खेलमा भाग लिएको छैन्।
    लिकम नकआउटक आधारमा प्रतिस्पर्धा गराइने खेलमा प्रथम, द्वितीय र तृतीयलाई सिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिने अध्यक्ष हिरा थोकरले जानकारी दिए । उनका अनुसार प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
    छनौट प्रतियोगिताका संयोजक तथा प्रदेश खेलकुद परिषद प्रदेश नम्बर ३ का सदस्य उमेश केसीले सहभागी टिमबाट उत्कृष्ट खेलाडीहरु छानेर १२ जनाको एउटा टिम बनाउने थोकरले बताए ।
    उहाँका अनुसार छनौट गरिएको खेलाडीलाई ७ दिनसम्म क्लोज क्याम्पमा राखेर आठौं राष्ट्रिय खेलकुद २०७५ मा सहभागी गराइनेछ । खेलाडीहरुलाई आउनेजाने र खान बस्नको व्यवस्था रष्ट्रिय खेलकुद परिषदले गरेको छ ।
    त्यसैगरी आज भएको पहिलो खेलमा जिल्ला खेलकुद बिकास समिति दोलखाले जिल्ला खेलकुद बिकास समिति काभ्रेलाई २ – ० को सोझो सेटमा हराउँदै जित हासिल गरेको छ। दोलखाका खेलाडी बन्दना बस्नेत खेलको म्यान अप दि म्याच भएका थिए ।
Shares

Be the first to comment on "प्रदेश नम्बर ३ स्तरीय महिला भलिबल छनौट प्रतियोगिता चरिकोटमा सुरु"

Leave a comment

Your email address will not be published.


*