देउसीबाट २ लाखभन्दा बढी संकलन, संकलित रकमले पशुपतिमा महायज्ञ गरिने

ईश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक १३
दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति मन्दिर संरक्षण समितिले आयोजना गरेको देउसी कार्यक्रमबाट २ लाखभन्दा बढी दक्षिणा स्वरुपको रकम संकलन भएको छ ।
मन्दिर समितिको प्रतिनिधी सहित ९ संघसंस्थाका प्रतिनिधी लगायत स्थानिय मिलेर खेलिएको देउसीबाट २ लाख ८० हजार संकलन भएको हो ।
पशुपति मन्दिरमा निकट समयमै महायज्ञ गर्नका लागि आवश्यक पर्ने रकम व्यवस्थापनका लागि कार्तिक ९ देखि ११ गतेसम्म देउसी खेलिएको थिए ।
पछिल्लो समयमा देउसी भैलो लोप हुदैँ गएकोले आध्यात्मिक र सांस्कृतिक प्रदर्शनी सहितको देउसी खेलिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विपिन श्रेष्ठले बताए ।
देउसीमा सरल नेपाल, निम्फा दोलखा, ग्रीन नेपाल, त्रिपुरा स्काउट ग्रुप, क्षितिज यूवा क्लब, लाली गुँरास युवा क्लब, चरिकोट युवा क्लब र दोलखा डान्स क्रु लगायतका प्रतिनिधी तथा स्थानिय युवाहरुको उपस्थिति रहेको अध्यक्ष श्रेष्ठले बताए ।
लोक भजन सहित खेलिएको देउसीमा स्थानीय जेष्ठनागरिक, बालबालिका लगायत युवाहरुले रुचाएका थिए ।

Shares

Be the first to comment on "देउसीबाट २ लाखभन्दा बढी संकलन, संकलित रकमले पशुपतिमा महायज्ञ गरिने"

Leave a comment

Your email address will not be published.


*