दुर्घटनामा मृत्यु भएका परिवारलाई गाउँपालिकाको २० हजार सहयोग

चरिकोट –दोलखाको शैलुङ गाउँपालिकाले सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको परिवारलाईे प्रतिपरिवार २० हजार रुपैयाँ दाहसंस्कार खर्च दिने भएको छ । गाउँपालिका अध्यक्ष भरत प्रसाद दुलालले मृतकका परिवारलाई तत्कालका लागि गाउँपालिका तर्फबाट राहतस्वरुप सो रकम दिने निर्णय गरिएको जानकारी दिए ।
सुकुटेमा आइतबार भएको दुर्घटनामा १८ जनाको शव आफन्तले शव बुझेका छन् भने एक बालिका बेपत्ता भएकी थिइन् ।

अरनिको दिएन क्षतिपुर्ती

मृतकका आफन्तलाई अरनिको यातायात सेवा समितिले प्रतिपरिवार कम्तीमा पनि २ लाख रुपैयाँ दिनुपर्ने माग सहित सिन्धुपाल्चोकमा छलफल गरेको भए पनि समितिले ४० हजारभन्दा दिन नसकिने बताएपछि छलफल निष्कर्ष विहीन भएको हो ।

प्रहरी र शैलुङ गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र घाइते तथा मृतकका आफन्तलगायतको उपस्थितिमा भएको छलफलले अरनिकोबाट क्षतिपूर्ति दिलाइदिन प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेपछि शव आफन्तले जिम्मा लिएको गाउँपालिका अध्यक्ष दुलालले जानकारी दिए ।

मंगलबार शव बुझेर आफन्तले अन्त्येष्टि पनि गरेका छन् । ७ जनाको भोटेकोशीमा सामूहिक अन्त्येष्टि गरियो भने अन्य मृतकका आफन्तले काठमाडौंमै आ–आफ्नो परम्परा अनुसार अन्त्येष्टि गरेका छन् ।

दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदो गरेको बा २ ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्ग्स्थित सुकुटेमा सडकबाट सुनकोशी नदीमा खसेको थियो ।

बसमा शैलुङ गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का रहेकाले गाउँपालिका शोकमा डुबेको छ ।

Shares

Be the first to comment on "दुर्घटनामा मृत्यु भएका परिवारलाई गाउँपालिकाको २० हजार सहयोग"

Leave a comment

Your email address will not be published.


*