दुनाटपरीमय गाउँ बनाइने

बाबुराम शर्मा (चरिकोट )–कालिञ्चोक गाउँपालिकाले वडा नम्बर ७ लाई दुनाटपरीमय बनाउँदै ब्राण्ड बनाउन लागेको छ । यहाँका बेरोजगार महिलाहरु केहीलाई दुनाटपरी बनाउने सिप प्रदान गरिएकाले घरघरमा दुनाटपरी बनाएर आम्दानीका स्रोत खोली जीवनयापनमा सहज बनाउन यो अभियान सुरु गरिएको पालिका उपाध्यक्ष कालिका पाठकले जानकारी दिनु भयो । उहाँका अनुसार वनमा जतातसै पाइने र त्यसै खेर गइरहेको सालका पातलाई सदुपयोग गरी वडा नम्बर ७ मा दुनाटपरी पाइन्छन् भन्ने बनाउने र बिक्रीको थलो समेत बाउने उद्देश्य राखिएको छ । महिला उत्थानका लागि आयआर्जन नै ठूलो कुरा रहेछ । आयआर्जन भए घरमा शान्ति हुनुका साथै मनमोटाव समेत नहुने देखिएको छ ।
महिला आयआर्जनका हिस्सा नबन्दा पछाडि परेका पनि महसुस भएको छ । आयआर्जन गर्न सक्ने महिला बोल्न पनि हिचकिचाउँदैनन् । उहाँले भन्नु भयो, हकहितका लागि अग्रसर हुन्छन् । महिला जानकार भए घरै जानकार हुन्छन् भने पुरुष भए एकका लागि हुन्छन् । हरेक महिला सिपयुक्त हुनु पर्छ र मात्र घर बन्छ, गाउँ तथा समाज बन्छ । पुरुष र महिला आर्थिक रुपमा बराबर हिस्सा बने समाजमा सन्तुलन आउँछ । यो कुरा विकसित देसहरुले देखाएका छन् । महिला सीप विकास तथा आयआर्जनका लागि पालिकाले आयोजना गरेको दुई दिने दुनाटपरी गाँस्ने तालिमबाट २६ जना महिला सहभागी भएका थिए । पालिकाले तालिम प्रदान गर्नुका साथै दुनाटपरी गाँस्ने मेसिन पनि प्रदान गरेको छ । तालिमी भगवती खत्रीले भन्नु भयो, यस्तो सीपयुक्त तालिम पहिलो चोटी पाइएको हो । सीप देखाउन समेत हिचकिचाउने हामीहरु अब प्रशिक्षक भएर सिकाउन सक्ने आँट पलाएको छ । श्रीमानसँग सरसल्लाह भइरहेको छ । अब छिटै व्यावसाियक दुनाटपरी गाँस्ने योजना बनेको छ । तालिम प्राप्त सबै नै व्यावयिक रुपमा लाग्ने पनि सल्लाह भएको छ । यसका लागि नौ सदस्यीय कौशीखेत अजमरा दुनाटपरी दिदीबहिनी समूह गठन भइसकेको छ । अरु काम भ्याएर फुर्सदको समयमा मेसिनबाट दुनाटपरी उत्पादन गरिने छ । तालिमी खत्रीले भन्नु भयो, परिपक्क र सीपयुक्त बनाउन पुनर्ताजगी तालिमको अपेक्षा रहेको छ । गुणस्तर दुनाटपी उत्पादन गर्न पाए चरीकोट, काठमाडौँलगायतका बजारमा पु–याउन सकिने लक्ष्या बनाएका छौँ । यो वडाका सबै महिलाहरुलाई क्रमशः यो तालिम दिँदै जाने लक्ष्य रहेको छ । उपाध्यक्ष पाठककले भन्नु भयो, पालिकाका सबै वडालाई पृथक पृथक विषमा ब्राण्ड बनाएर आयआर्जनमा तल्लीन बनाउन पनि लागिएको छ । यसो गरेमा आत्मनिर्भर पनि बन्ने र बजारीकरणको समस्या पनि नहुने पालिकाको ठम्याइ रहेको छ ।

Shares

Be the first to comment on "दुनाटपरीमय गाउँ बनाइने"

Leave a comment

Your email address will not be published.


*