दाेलखाका प्रमुख जिल्ला अधिकारीलाई लाग्याे घुस खाएकाे अाराेप

दोलखा,१९ मंसिर । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेनद्र प्रसाद रिजालले एक स्थानियको मुद्धामा एक लाख रुपैया रकम लिएर नब्बे हजार रुपैया आफुले राखि दश हजारको मात्रै नगदि रसिद काट्न लगाएको तथ्य सार्बजनिक भएको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ का कुमार लामा मोक्तानसँग सार्बजनिक मुद्धामा एक लाख रुपैया मागेर दश हजार रुपैया मात्रैको नगदि रसिद दिएको तथ्य सार्बजनिक भएको हो । सिडियोले रकम मागेको कुरा पिडित लामाले नगदि रसिद देखाउँदै सिडियो रिजालको कार्यकक्षमा उनले पत्रकारहरुसँग सिडियोसँगै रहँदा बताएका छन् । लामालाई आज भन्दा २४ दिनअगाडि सार्बजनिक कसुर मुद्धामा जिल्ला प्रहरी कार्यलय दोलखाले नियन्त्रणमा लिएको थियो । थुनछेक बहस पछि लामाको श्रीमति रेणु तमाङले बुधबार प्रहरीको कष्टरीमा रहेका आफ्ना श्रीमान्लाई बाहिर निकाल्न एक लाख रुपैया प्रजिअ रिजाललाई दिएको र दश हजारको मात्रै नगदि रसिद दिएपछि बाहिर आएर आफुले बुझ्दा प्रजिअले ९० हजार रुपैया लिएर राखेको बुझेपछि श्रीमति रेणु तमाङले बिहिबार बिहान “हाम्रो पैसा खै सिडियो सर” भन्दा “बाहिर हल्ला नगरि दिनु” भनि फोन अफ गर्न समेत लगाएर क्वाटरमा लगि प्रमुख जिल्ला अधिकारी रिजालले ९० हजार फिर्ता गरेपछि सिडियो रिजालले रकम लिएको बारे तथ्य बाहिर आएको हो ।

दायर मुद्धामा मेलुङ ४ भेड्पुका लामाले छिमेकी जितबहादुर भण्डारीलाई गाली गलौज गरेको र कालिञ्चोक १ का पाख्रिन बाबु छोराले छिमेकीलाई हातपात र दुव्र्यवहार गरेको अभियोग छ । लामा र पाख्रिनको छुट छुट्टै मुद्धा मंगलबार जिल्ला प्रशासन पेश गरिएको थियो । मंगलबार साँझसम्म बयान लिन नभ्याईएको कारण  उनिहरुलाई बुधबार थुनछेक आदेशका क्रममा प्रमुख जिल्ला अधिकारी रिजालले लामालाई १० हजार रुपैंयाँ धरौटी र पाख्रिनका बाबु छोरालाई ७/७ हजारका दरले १४ हजार रुपैंयाँ धरौटी लिएर छाड्ने आदेश गरेका थिए ।

धरौटीको आदेश लगतै लामाकी श्रीमती रिनुलाई १ लाख रुपैंया लिएर आउनु भनिएपछि उक्त रकम बोकेर रिनु बुधबार दिउँसो सिडिओ रिजालको कार्यकक्ष पुगेकी थिईन् । ‘कार्यकक्ष संगैको गोप्य कोठामा लगेर यता लेउ भनेर सिडिओ सापले रकम हातमा लिनु भयो’ रिनुले  भनिन् – ‘९० हजार गनेर आफुसंग राख्नु भयो र १० हजारको तल गएर रसिद काट भनेर १० हजार रुपैंया मेरो हातमा थमाएर पठाउनुभयो’ । मुद्धा फाँटमा पुगेर रसिद काट्दा १० हजार रुपैंयाको मात्र काटेको भेटिएपछि उनी पुन: सिडिओ रिजालको कार्यकक्षमा पुगेर झर्किएकी थिईन् । रिनुका अनुसार उनले यसलाई ठुलो बिषय नबनाउन अन्यथा तिम्रो श्रीमानलाई कारागार पठाउने धम्की दिए पछि उनी फर्किएकी थिईन् ।

बुधबार नै अनुका श्रीमानसंगै कालिञ्चोकका पाख्रिन बाबु छोराको थुन छेक बहस थियो । पाख्रिनलाई समेत ५० हजार रुपैंयाँ झिकाउन लगाएर अनुलाई जस्तै गरी सिडिओ रिजालले ३५ हजार रुपैंया आफ्नो पासमा राखेर १४ हजारको रसिद काट्नु भन्दै मुद्धा फाँटमा पठाईएदिएका थिए

उनले दोलखाका कालिन्चोक गाउँपालिका वडा नम्बर १ का उदिम तमाङ र ईन्द्रबहादुर तमाङबाट पनि मंगलबार सार्बजनिक सुरक्षा कसुरको थुनछेक बहसमा चौध हजारको नगदि रसिद दिएर ३५ हजार रुपैया लिएको तथ्य बाहिर आएको छ । आज पत्रकारहरुलाई भेटेर पिडितहरुले आफुले सामान्य मुद्धामा पनि सिडियो कार्यलय जस्तो ठाउँमा घुस दिनु परेको भन्दै दुखेसो पोखे । प्रजिअ रिजालले उक्त रकम सोही मुद्धामा पिडित भनिएका लाई क्षतिपुर्ती दिन लिएको बताएका छन् । । रिजालले ९० हजार रुपैया आफैले राखेर र भोलिपल्ट माग्न आएपछि क्वाटरमा लगेर दिएको बताए । त्यसैगरि अर्का कालिन्चोक १ का दुई स्थानियहरुको पनि रकम फिर्ता गरेको स्वीकारेका छन् ।उनले पीडितलाई क्षतिपूर्तीको दिनको लागि रकम लिएको आफुबाट केही प्राबिधीक त्रुटी भएको बताए

Shares

Be the first to comment on "दाेलखाका प्रमुख जिल्ला अधिकारीलाई लाग्याे घुस खाएकाे अाराेप"

Leave a comment

Your email address will not be published.


*