दाेलखामा २० वटा एम्बुलेन्सले दिन्छ सेवा

साँकेतिक तस्बिर

दीक्षण समाचार
चरिकोट, बैशाख २०
स्वास्थ्य कार्यालय दोलखाले जिल्लामा सञ्चालनमा रहेको एम्बुलेन्स र एम्बुलेन्स चालकहरुको विवरण सार्वजनिक गरेको छ । कोरोना महामारी फैलिरहेको अवस्थामा सर्वसाधारणलाई एम्बुलेन्स सेवाको आवश्यकता भएको अवस्थामा सो सेवा लिन सहज होस् भनि एम्बुलेन्स तथा चालकहरुको विवरण सार्वजनिक गरिएको हो । कार्यालयका अनुसार ९ वटै स्थानीय तहमा एम्बुलेन्सको पहुँच रहेको छ । जसले गर्दा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सहज हुने जनाइएको छ । कार्यालय प्रमुख अर्जून पौडेलका अनुसार चरिकोट अस्पतालमामा १ वटा, च्छोरोप्ला अस्पतालमा १ वटा, दोलखा सामुदायिक अस्पतालमा १ वटा गरी भीमेश्वर नगरपालिकामा ३ वटा एम्बुलेन्स चालु रहेको छ । त्यस्तै वडा नं. १ कार्यालय जिरीअन्तर्गत १ वटा, जिरी अस्पतालमा २ वटा एम्बुलेन्स रहेका छन् । विगू गाउँपालिकामा २ वटा, गौरीशंकर गाउँपालिकाको सुरी प्राथमिक स्वास्थ्य केन्द्रमा २ वटा, कालिन्चोक गाउँपालिकाको सिंगटी प्राथमिक अस्पतालमा १ वटा, बाबरे स्वास्थ्य चौकीमा १ वटा र वडा नं. ९ को कार्यालयमा १ वटा गरी ३ वटा एम्बुलेन्स रहेको छ । बैतेश्वर गाउँपालिकाको बैतेश्वर अस्पतालमा २ वटा, तामाकोशी गाउँपालिकाको जफे स्वास्थ्यचौकीमा १ वटा र धुलिखेल अस्पताल किर्नेटारमा १ वटा , मेलुङ गाउँपालिकाको मेलुङ स्वास्थ्यचौकीमा १ वटा र शैलुङ गाउँपालिकाको फस्कु स्वास्थ्य चौकीमा १ वटा अर्काे एक वटा गरी २ वटा एम्बुलेन्स चालु अवस्थामा रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाले यदि कोही कसैलाई एम्बुलेन्स सेवा जुनसुकै समयमा आवश्यक परेमा सम्पर्क गरेर सेवा लिन सकिने सामाजिक सञ्जालमा लेखेको छ । साथै यदि कुनै एम्बुलेन्सले बिरामी लैजान तथा सेवा दिन मानेर कुनै पनि वहाना पारेमा तत्काल पालिका प्रमुख, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा खबर गर्न भनिएको छ । यसरी महामारीको समयमा सेवा उपलब्ध नगराउने एम्बुलेन्सलाई कानुनी दायरामा ल्याई कारवाही गरिने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । एम्बुलेन्स चालकहरुले भने एम्बुलेन्स चलाउनका लागी भरपर्दाे सुरक्षाको माग राखेका छन् । साथै उनिहरुले आफूहरुको बिमा गराइदिनुपर्ने, एम्बुलेन्सको पार्टेशन गनुपर्ने, प्रर्याप्त सुरक्षा कवज उपलब्ध गराइनुपर्ने लगायतका माग राखेका छन् ।

एम्बुलेन्स तथा चालकहरुकाे विवरण

 

 

Shares

Be the first to comment on "दाेलखामा २० वटा एम्बुलेन्सले दिन्छ सेवा"

Leave a comment

Your email address will not be published.


*