दाेलखामा रक्तदान कार्यक्रम आयोजना गरी मनाइयो विश्व क्षयरोग दिवस

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ११
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित दोलखा बजारमा विश्व क्षयरोग दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
‘संकेत समयको, क्षयरोग अन्त्यको’ मुल नारा सहित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाेलखाको समन्वय र नेपाल क्षयारोग निवारण संस्था दाेलखाद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम क्षयरोग निवारण संस्थाका केन्द्रिय सहमहासचिव राधादेवी मास्के र वडाध्यक्ष विराजमान श्रेष्ठले संयुक्त ब्लड ब्याग हस्तान्तरण गरि शुरु भएको हो । कार्यक्रममा ४ जना महिला र १८ जना पुरुष गरी २२ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ । सन् १८८२ मा मार्च २४ तारिखकै दिन डाक्टर रबर्ट काचले क्षयरोगको कारक ब्याक्टेरिया पत्ता लगाएको घोषणा गरेका थिए । त्यही दिनको सम्झनामा विश्वभर मार्च २४ मा सचेतनामूलक कार्यक्रम गरी क्षयरोग दिवस मनाइन्छ । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो ।  क्षयरोगको संक्रमणबाट बच्न नियमित स्वास्थ्य जाँच र रोग लागेको थाहा हुनेबित्तिकै नियमीत औषधी सेवन गरे जोगिन सकिने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

तस्बिर साैजन्य ः शिवजी प्रधान

Shares

Be the first to comment on "दाेलखामा रक्तदान कार्यक्रम आयोजना गरी मनाइयो विश्व क्षयरोग दिवस"

Leave a comment

Your email address will not be published.


*