दाेलखामा आज थप २८ मा काेराेना संक्रमण

चरिकोट (दीस) –दोलखामा आज थप २८ जनामा कोरोना संक्रमण भएको छ । जिल्लाको विभिन्न स्थानबाट विभिन्न समयमा स्वाब संकलन गरी पीसीआर टेष्ट गर्दा २८ मा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा जनप्रतिनिधि, गाउँपालिका र बैंकका कर्मचारी र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कर्मचारीहरु रहेका छन् ।
दोलखाको मेलुङ गाउँपालिकामा वडा अध्यक्ष सहित पालिकाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कात्तिक २१ गते शुक्रबार मेलुङ्ग गाउँपालिकाबाट पिसिआर परिक्षणका लागी पठाइएको ३२ जनाको स्वाब मध्ये ११ जना पुरुष र १ जना महिला गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १ जना वडा अध्यक्ष, एक जना स्वास्थ्यकर्मी र कर्मचारीहरु रहेका छन् ।
शुक्रबार नै जिरी अस्पतालबाट ४ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणका लागी पठाइएकामा एक जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । कोरोना पुष्टि हुने पुरुष जिरीका होटल सञ्चालक रहेका छन् ।
त्यसैगरि कात्तिक २२ गते शनिबार दोलखा अस्पतालबाट २९ जनाको स्वाव पठाइएकामा ७ पुरुष र ५ महिला गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमीत मध्ये अधिकांश माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कर्मचारी रहेका छन् ।
कात्तिक २३ गते दोलखा अस्पतालबाट ११ जनाको स्वाव पठाइएकामा १ पुरुष र ३ महिला गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमीत ४ जना सेन्चुरी बैंकका कर्मचारी रहेका छन् ।

Shares

Be the first to comment on "दाेलखामा आज थप २८ मा काेराेना संक्रमण"

Leave a comment

Your email address will not be published.


*