दाेलखामा करेन्ट लागेर ओखलढुङ्गाका एक व्यक्ति घाइते

दीक्षण समाचार
चरिकोट, पुष ६
ओखलढुङगाका २० वर्षका जय मगर करेन्ट लागेर घाइते भएका छन् ।
आइतबार ११ः ५५ बजे दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लामाबगर स्थित गंगोर लामाबगरको एरियामा बिद्युत मर्मत गर्न बिद्युतको पोलमा चढि मर्मत गर्दा उनलाई करेन्ट लागेको हो ।
घाइते मगरलाई गंगोर स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात प्राथमिक स्वास्थ केन्द्र चरिकोटमा उपचारका लागि ल्याइएको र उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरिक्षक रेवती रमण पोखरेलले बताए । घाइते मगरको दुबै हात र खुट्टा जलेको भएपनि अवस्था मध्यम रहेको दाेलखा प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "दाेलखामा करेन्ट लागेर ओखलढुङ्गाका एक व्यक्ति घाइते"

Leave a comment

Your email address will not be published.


*