दाेलखामा एक जना काेराेना सक्रमित फेला

Coronavirus COVID-19 FREE badge. Virusfree vector icon.

दीक्षण समाचार
चरिकोट, बैशाख १४
दोेलखामा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख श्याम खड्काले बताए । संक्रमित महिला बाहिरी जिल्ला घर भई चरिकोटमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत थिइन्। बैशाख १२ गते चरिकोट अस्पतालका केही स्वास्थ्यकर्मीसहित १२ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरी धुलिखेलमा पठाइएको थियो । मंगलबार प्राप्त रिपोर्ट अनुसार १२ जनामध्ये उक्त महिलामा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "दाेलखामा एक जना काेराेना सक्रमित फेला"

Leave a comment

Your email address will not be published.


*