दाेलखामा एउटै वडाको ४ जनामा कोरोना संक्रमण पुष्टि

चरिकोट, पुस ९
दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ६ का ४ जनामा बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडाका ११ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागी पठाइएको थियो । उनिहरुमध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जसमा १ महिला र ३ पुरुष रहेका छन् ।
संक्रमण पुष्टि हुनेमा ३ जना शिक्षक र एक जना सहकारी संस्थाका व्यवस्थापक रहेका गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । संक्रमित सबै जना होम आइसोलेशनमा बसेका छन् । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Shares

Be the first to comment on "दाेलखामा एउटै वडाको ४ जनामा कोरोना संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*