दाेलखाका २ दर्जन भन्दा बढी उद्याेग बन्द

प्रतिकात्मक तस्बिर

इश्वर बिश्वकर्मा
चरिकोट, साउन २१
दोलखामा गत आर्थिक वर्ष २०७६÷०७७ मा २ दर्जन भन्दा बढी उद्योग खारेज भई बन्द भएका छन् ।
पुँजीको अभाव, कच्चा पदार्थको कमी, समयमै नविकरण गर्न नसक्नु, अन्य उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु लगायतका कारण उक्त संख्याका उद्योग खारेज भई बन्द भएका हुन् ।२६ वटामध्ये सबैभन्दा बढी वाणिज्य तर्फका १९ उद्योग बन्द भएका छन्, भने उद्याेग तर्फकाे ७ वटा बन्द भएका छन् ।

अधिकाँश उद्योगीहरुको आग्रहमा उद्योग दर्ता खारेज गरिएको घरेलु तथा साना विकास समितिको कार्यालय दोलखाले जनाएको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ७ को विएम कोल्ड स्टोर, सोही वडाको शिखर खाद्य स्टोर एण्ड सप्लायर्स, भिमेश्वर नगरपालिका वडा नं.९ को कालिञ्चोक भोजनालय लगायतका उद्योगहरु खारेज भएका छन् ।

 वाणिज्य तर्फका १९ र उद्याेग तर्फकाे ७ वटा गरि गत अावमा २६ वटा उद्याेग बन्द भएका छन् ।

कार्यालयका प्रमुख सुजित कुमार झाले करको दायरामा नआएका, नविकरण नगरेका, लामो समयसम्म निष्क्रिय उद्योग खारेज गरिएको बताए । उनले भने “कतिपय उद्योगी विदेश जान चाहेकोले पनि उद्योग खारेज गरिएका छन् । अनुदान पाउने आशाले खोलिएका उद्योग अनुदान पाउन नसकेका कारण उद्योगीले खारेज गर्न चाहेकाले खारेजीमा परेका छन् ।” दर्ता भई सञ्चालनमा रहेका उद्योग बन्द हुँदा जिल्लाको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने उनले बताए ।
प्रत्येक वर्ष उद्योगहरु बन्द हुँदा मानिसहरु बेरोजगारको चपेटा परि गरिबी निम्तन सक्ने, युवाहरु विदेश पलायन हुने दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताए । औद्योगिक व्यवसाय ऐन २०७३ का अनुसार उद्योगीले उद्योग सञ्चालन गर्न नसक्ने भनि कारण सहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नविकरण नगरेमा उद्योग खारेज हुने प्रावधान रहेको छ ।

४९ लाख भन्दा बढी राजस्व संकलन
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले ४९ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७६÷०७७ मा कार्यालयले व्यवसाय रजिष्ट्रेसन दस्तुर, अन्य प्रशासनिक सेवा शुल्क र दण्ड जरिवाना गरि ३ शिर्षकमा ४९ लाख ७६ हजार ३ सय ३५ रुपैँया राजस्व संकलन गरेको हो । अन्य प्रशासनिक सेवा शुल्क १ लाख ६९ हजार ६ सय ६०, व्यवसाय रजिष्टेसन दस्तुर ४७ लाख ४१ हजार ६ सय र जरिवानाबाट ६८ हजार रुपैँया राजस्व संकलन गरिएको कार्यालय प्रमुख झाले बताए ।

Shares

Be the first to comment on "दाेलखाका २ दर्जन भन्दा बढी उद्याेग बन्द"

Leave a comment

Your email address will not be published.


*