दाेलखाका १५ हजार भन्दा बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप

ईश्वर बिश्वकर्मा
चरिकोट फागुन ३०
दोलखामा दादुरा रुबेला खोप अभियानमा १५ हजारभन्दा बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाईदँै छ ।
२ चरणमा हुने खोप अभियानमा जिल्लाका ९ महिना देखि ५ वर्षसम्मका १५ हजार ७ सय ८२ जना बालबालिकालाई खोप लगाईने भएको हो ।
चैत्र २ गतेदेखि सुरु हुने अभियान २१ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
पहिलो चरणमा भीमेश्वर नगरपालिका, विगु, गौरीशंकर, शैलुङ र मेलुङ गाउँपालिकामा चैत्र २ देखि १० गते सम्म खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले बताए ।
जिरी नगरपालिका, बैतेश्वतर, तामाकोशी, मेलुङ गाउँ पालिकामा दोस्रो चरण अन्तर्गत १३ देखि २१ गतेसम्म अभियान सञ्चालन गरिने उनले बताए । “सबै बालबालिकाले खोप पाउनुपर्छ, त्यसैले खोप अभियानलाई तिब्र पारिएको छ ।” उनले भने ।
खोप अभियानमा २ सयभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिने र २ सय ९० भन्दा बढी खोप केन्द्र तोकिएको कार्यालयका खोप अधिकृत तुलसी प्रसाद सुवेदीले बताए । उनले भने “दादुरा रुबेला बाट बालबालिकालाई बचाउन अनिवार्य रुपमा खोप लगाउनु पर्छ । दादुरा रुबेलाको संक्रमणले मानिसको ज्यानै जान पनि सक्छ, त्यसैले समयमै खोप लगाउनु बुद्धिमान हुन्छ ।”
अभियानलाई सफल बनाउन स्थानीय सञ्चार माध्यम रेडियो, पत्रपत्रिका तथा प्रचारप्रसारलाई तिब्र पारिएको छ ।
अभियानमा जनप्रतिनिधी, स्वास्थ्य स्वयमसेविका र सबै सरोकारवाला सहयोग गर्न कार्यालयले आग्रह गरेको छ ।

Shares

Be the first to comment on "दाेलखाका १५ हजार भन्दा बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप"

Leave a comment

Your email address will not be published.


*