दाेलखाका हलेश्वर र दुर्गा मावि नमुना विद्यालयमा छनोट

चरिकोट –दोलखाका २ वटा विद्यालय नमुना छनोट भएका छन् ।आधारभूत तथा माध्यमिक तहमा सिकाइको नतिजा तथा माध्यमिक तहको परीक्षा प्रणाली सुधार्ने, लैंगिक, सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले स्कुलमा सहभागिता बढाउने र विद्यालय प्रशासनमा सुधार गर्नेलगायतका लक्ष्यसहित सरकारले नेपालका सय विद्यालयमा विशेष कार्यक्रम सुरू गर्ने भएको छ ।

२०७६ असोज १६ गते गोरखापत्रमा सूचना प्रकाशित गरि आएका आवेदनमध्ये नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७४ (पहिलो संशोधन २०७५ सहित) अनुसार बुधबार बसेको शिक्षा मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट सय विद्यालय छानिएको स्रोत विकास केन्द्रले जानकारी दिएको छ । यसमा दोलखा जिल्लाबाट गौरिशंकर र शैलुङ गाउँपालिकाका १/१ गरि २ विद्यालय समावेश छन् ।

गौरिशंकर गाउँपालिकाको हलेश्वर माध्यामिक विद्यालय र शैलुङ गाउँपालिकाको दुर्गा मावि छनौट भएको मन्त्रालयले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "दाेलखाका हलेश्वर र दुर्गा मावि नमुना विद्यालयमा छनोट"

Leave a comment

Your email address will not be published.


*