दाेलखाका डियसपी पौडेल पुरस्कृत

दीक्षण समाचार
चरिकोट, जेठ १७
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेल पुरस्कृत हुनुभएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण  सम्पन्न गराउन प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रदेश प्रहरी कार्यालय हेटौडाबाट नगदसहित पुरस्कृत हुनुभएको हो । उहाँ प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी पूजा सिंहबाट पुरस्कृत हुनुभएकाे हो । बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनलाई सम्पन्न गराउन र जिल्लाको समग्र शान्तिसुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा कदर स्वरुप पुरस्कृत गरिएको बागमी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनको बेला आफूलाई प्राप्त जिम्मेवारी इमान्दारपूर्वक एवं प्रशंसनीय ढंगबाट निर्वाह गरेको भन्दै विभिन्न जिल्लाका १० जना प्रहरी प्रमुखहरुलाई पुरस्कृत गरिएको छ । उनीहरु पुरस्कृत हुँदा कर्मचारीहरुमा सकरात्मक प्रभाव पर्न गई कार्य सम्पादनमा थप हौसला अभिवृद्धि हुने कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दाेलखाका डियसपी पौडेल पुरस्कृत"

Leave a comment

Your email address will not be published.


*