दाेलखाका काेराेना संक्रमितकाे मृत्युु


चैत १३, दाेलखा । उत्तरी दाेलखाकाे विगु गाउँपालिका-७, आलम्पुबाट निमोनियालगायतका समस्या देखिएर धुलिखेल अस्पताल भर्ना भएका पुरूषको मृत्यु भएकाे छ ।

मृत्युपछि गरिएको स्वाब परीक्षणकाे रिपाेर्टमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले जानकारी दिए ।

सदरमुकाम चरिकाेटस्थित च्छाेराेल्पा अस्पतालबाट चैत ११ रिफर गरिएका ६२ बर्षिय साईँला थामीकाे चैत १२ गते दिउँसो मृत्यु भएको थियो ।

शंकाका आधारमा परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा. श्रेष्ठले बताए । शुक्रबार नेपाली सेनाको कालीजंग गणले मृतकको अन्त्येष्टि गरेको छ ।

मृतककाे सम्पर्कमा रहेका च्छाेराेल्पा अस्पतालका स्वास्थ्यकर्मीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन गरिएकाे भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले जानकारी दिए ।

मृतक संक्रमितलाई धुलिखेल अस्पताल पुर्‍याएका एम्बुलेन्स चालकलाई निगरानीमा राखिएको खड्काले बताए ।

Shares

Be the first to comment on "दाेलखाका काेराेना संक्रमितकाे मृत्युु"

Leave a comment

Your email address will not be published.


*