दाेलखाकाे सिंगटीमा पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

ईश्वर बिश्वकर्मा
सिंगटी, फागुन ६
दोलखाको कालिञ्चोक गाउँपालिकामा पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।
”स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारासहित सिंगटीको कालिनाग मावि प्राङ्गणमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  व्यवस्थापन तथा निर्देशक समितिकाे अायाेजनामा प्रतियोगिता सुरु भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले प्रतियोगिताको उद्धघाटन गरे । उनले जिल्लाका युवाहरुको खेल क्षेत्रमा रुचि बढ्दै गएकाले प्रत्येक गाउँमा खेल पुर्वाधार निर्माण गरिनुपर्ने बताए । उनले कालिञ्चोक गाउँपालिका पर्यटनको प्रचुर संभावना रहेकोले खेल पर्यटनमा जोड दिदैँ कवर्ड हल निर्माणका लागि समन्वय गरिने बताए ।
प्रतियोगिता उद्घुघाटन समारोहमा कालिञ्चोक गाउँपालिकाका प्रमुख विन कुमार थामीले पालिकामा भौगोलिक विकटताका कारण खेलमैदान निर्माणमा समस्या आएको बताए । आगामी आर्थिक वर्ष खेल क्षेत्रको विकासका लागि पालिकामा कवर्ड हल निर्माणका लागि जोड दिइने बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित खड्काले खेलाडीहरुलाई मर्यादित भएर खेल खेल्न आग्रह गर्दै जिल्ला स्तरीय हुदै राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन आफ्नो तर्फबाट खेलाडीहरुलाई सहयोग गर्ने बताए ।
उद्धघाटन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठक, प्रमुख प्रशासकिय अधिकृत नवराज ओली ,खेलकुद विकास समिति कालिञ्चोक गापाका अध्यक्ष सुवास थामी लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पालिकाभित्रका ११ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्र छात्रा दौड, रिले दौड, भलिबल, सटपुट, लङजम्प, हाइजम्प, ट्रिपल जम्प लगायतका खेल खेलाईने आयोजकले जनाएको छ । उद्घाटन खेल कालिनाग मावि सिँगटी र लापिलाङ माविबिच छात्रा भलिबल भएको थियो ।
विजयी प्रतियोगीलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने जनाएको छ । तिन दिनसम्म चल्ने प्रतियोगिता ९ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "दाेलखाकाे सिंगटीमा पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*