दाेलखाकाे देउरालीमा बोलेरो दुर्घटनाः एककाे पुरूषकाे मृत्यु, १२ जना घाइते

चरिकोट (दीस) : दोलखाको भीमेश्वर नगरपालिका वडा  ७ मा बा २१ च ८२६८ नम्बरको बोलेरो दुर्घटना हुँदा एक पुरूषकाे  मृत्यु भएको छ।दुर्घटनामा परी मेलुङ गाउँपालिका ७ सिस्नेरीका २५ वर्षीय सुजन मगरको घटना स्थलमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले दाेलखाका अनुसार   दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।

  घाइते हुने सबै जना मेलुङ गाँउपालिका स्थानीय  रहेका छन् । दुर्घटनामा परी मेलुङ गाउँपालिका सिस्नेरीका १७ वर्षीय सुमिन्द्र योगी, ५० वर्षीया मेलमाया योगी, २८ वर्षीय नवराज योगी, ११ वर्षीय मिप्चन योगी, ६ वर्षीया सन्ध्या योगी, २९ वर्षीया सोबिता योगी र ३५ वर्षीया सिता योगी, ५३ वर्षीय जोग कुमारी खड्का, ३० वर्षीय बोलेरो चालक किरण खड्का, ३२ वर्षीय नारायण योगी र १७ वर्षीय सिजन योगी रहेका छन् ।

दुर्घटनामा सुमिन्द्र र मेलमाय , सन्ध्या, सिता र सिजनलार्ई चरिकोट अस्पतालबाट काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने चरिकोटको पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "दाेलखाकाे देउरालीमा बोलेरो दुर्घटनाः एककाे पुरूषकाे मृत्यु, १२ जना घाइते"

Leave a comment

Your email address will not be published.


*