दाेलखाकाे जुगुमा पहिराेमा परि २जना वेपत्ता

चरिकोट –दोलखा गौरीशंकर गाउँपालिका–१ मा गएराती गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोमा परि गौरीशंकर गाउँपालिका २ निवासि अन्दाजी १८ वर्षिय निशान खड्का वेपत्ता भएका छन । त्यसैगरी सोही पहिरोमा वेपत्ता हुने वडा नम्वर २ का करिव ५५ वर्षिय जगत वहादुर खत्री रहेको सो गाउँपालिकाका २ का वडाअध्यक्ष बसन्त कार्कीले जानकारी दिनु भयो । हिजो काठमाडौबाट जुगँको लागि छुटेका यात्रु बाहक वस जुँगुखोलामा फसेको वस र त्यसमा सवार करिव २० जना यात्रुहरुको भने सकुसल उद्धार गर्ने क्रममा अभिभाबक लिने आएका १८ वर्षिय निशान खड्काको नजिकको खोलामा आएको भेलले वेपत्ता भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । ।उनीहरुको खोजी कार्य भैरहेको जिल्ला कार्यालय दोलखाका प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिनु भयो ।
रातीदेखि झरेको पहिरोका कारण जुँगुको काँसीघारे,झगरे पात्ले,र अप्लेपु लगायतका स्थानमा वढी क्षति भएको छ । पहिरोका कारण १ सय भन्दा वढी घर पहिरोको उच्च जोखिममा रहेको तर सुरक्षित स्थान नभएका कारण स्थानीयलाई झनै समस्या भएको अध्यक्ष कार्की बताउनु भयो । घटनाको एकीन विवरण सङकलनमा समेत समस्या भएको स्थानीय को भनाई रहेको छ । अहिले इलाका प्रहरी कार्यालय मैनापोखरी र जिरीबाट प्रहरी घटनास्थल तर्फ जादै गरेको प्रहरीले बताएको छ । पहिरोमा परी अन्य केही सामान्य घाईते भएका छन् । घट्ना बारे विस्तृत विवरण आउन बाँकी छ ।

 

Shares

Be the first to comment on "दाेलखाकाे जुगुमा पहिराेमा परि २जना वेपत्ता"

Leave a comment

Your email address will not be published.


*