दाेलखाका एक जनामा काेराेना पुष्टी

चरिकाेट ,दीस– दाेलखामा एक जनामा काेराेना पुष्टि भएको छ ।दाेलखाकाे भीमेश्वर नगरपालिकाका रहेकाेे क्वारेन्टाइनका  एक जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय दाेलखाका प्रमुख बिभु झाले जानकारि दिए । काेराेना संक्रमित तेस्रो मुलुकबाट अाएका पुरूष हुन ।उनी दोलखाको भिमेश्वर नगरपालिका ७ मकैबारीका स्थाई बासिन्दा हुन । उनी हालै कुबेतबाट स्वदेश फर्केका हुन । उनी सामान्य अवस्थाका जस्तै स्वस्थ्य रहेको सो क्वारेन्टाइमा रहेको एक व्यक्तिले जानकारी दिएका छन् ।

नगरपालिकाको क्वारेन्टाइनबाट स्वाब संकलन गरेर असार १४ गते परीक्षणका लागि पठाईएकोमा बिहिबार प्राप्त रिपोर्टमा कोरोना संक्रमण देखिएको हो । सोही क्वारेन्टाइनमा करिब १४ दिनदेखि तेस्रो मुलुकबाट आएका ८ जना पुरुष रहेका छन् ।

यसअघि आइतबार उत्तरी दोलखाको गोरीशंकर गाउँपालिका–५, सुरीस्थित हलेश्वर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका एक÷एक महिला र पुरुषको कोरोना संक्रमण भेटिएको थियो ।

दोलखाका काठमाडौमा २ जना केरोना संक्रमित

त्यसैगरी काठमाडौको टिचिङ अस्पतालमा ल्याबमा दोलखा स्थाई घर भएका २ जनामा समेत कोरोना संक्रमण भएको छ । काठमाडौमा एक जना पुरुष र महिलामा
आजै कोरोना पुष्टी भएको हो ।
कवारेन्टाइनमा रहेका पुरुष सहित आज दोलखाका ३ जना कोरोना संक्रमित भएका छन् । हाल सम्म दोलखाका स्थाई ठेगाना भएका सात जनामा कोरोना पुष्टी भएको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ३१

कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बिहीबार ४९ दिने शिशुको मृत्यु भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो।

मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनका आमा, बुवा र फुपूको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ । शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ। बिहीबार मात्र  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको हो। संक्रमित हुनेमा प्रदेश १ मा ६३६, प्रदेश २ मा ३९०९, बागमती ५०५, गण्डकी १ हजार ०८४,प्रदेश ५ मा ३ हजार ८५३,कर्णाली प्रदेशमा १ हजार ५१२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २० जना रहेका छन्।

हालसम्म कोरोना जित्नेको संख्या ५ हजार ३२० पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३८ हजार १०९ जना रहेका छन् । आइसोलेसनमा भने १० हजार १३७ जनाको उपचार भइराखेको छ ।बिहीबार मात्रै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ।

Shares

Be the first to comment on "दाेलखाका एक जनामा काेराेना पुष्टी"

Leave a comment

Your email address will not be published.


*