दाेलखामा भ्रम चिर्दै ज्योति लाईफ

चरिकोट (दीस) –विमा कम्पनी प्रति जनताका धारणा परिवर्तन हुन थालेको छ ।दोलखामा ज्योती लाइफ इन्सोरेन्सले त्यो भर्म चिर्न सफल भएको छ । सो कम्पन्नीले ३५ घातक रोग बिरुद्धको अधिकतम ५० लाखसम्म दाबी भुक्तानी दिने बिमा योजना मार्फत सो बिस्वास दिलाएको हो । ज्योति लाईफ इन्स्योरेन्समा जीवन बिमा गरेका मकवानपुरको हटियाका रामकुमार राईले उपचार गर्न पाँच लाख रुपैया पाएका छन् । उनलाई ६ महिनाअघि क्यान्सर रोग देखिएको थियो । चरिकोट शाखाबाट पाँच लाख बराबरको बिमा गरी पहिलो किस्ता बापत २८ हजार ७ सय ९५ रुपैँया तिरेका ३३ बर्षिय राईले बिमा गरेको एक बर्षमै उपचारका लागि पाँच लाख रुपैया पाएका थिए । शनिबार चरिकोटमा भएको भुक्तानी कार्यक्रमको कम्पनीकी एरिया सेल्स मेनेजर अम्बिका तिमल्सिनाले राईलाई पाँच लाख रुपैँया बराबरको चेक हस्तान्तरण गरेकी छिन् । चेक बुझ्दै राईले यो रकमले आफुलाई उपचार गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।  राईको आन्द्रामा क्यान्सर देखिएको मेडिकल रिर्पोटसहित आवश्यक कागजात पेश गरेपछि कम्पनीले दाबी भुक्तानी दिएको ज्योति लाईफ इन्स्योरेन्स चरिकोट शाखाका प्रबन्धक चुडाबहादुर श्रेष्ठले बताए । ज्योति लाईफ इन्स्योरेन्सले जीवन बिमा कम्पनी हो क्यान्सर, मुटु रोग, पार्किन्सन, ब्रन ट्युमर लगायतका ३५ घातक रोग बिरुद्ध अधिकतम ५० लाख रुपैँयासम्म उपचार खर्च दिने गरेको छ । शनिबारबाट कम्पनीको नयाँ बिमा योजना ईजी पे चरिकोट शाखामा समेत संञ्चालनमा ल्याएको छ । इन्सोरेन्सले नयाँ योजनाका बारेमा शाखाका कर्मचारी लगायत बिमा अभिकर्ताहरुलाई अभिमुखीकरण कक्षा समेत संचालन गरिएको छ ।

Shares

Be the first to comment on "दाेलखामा भ्रम चिर्दै ज्योति लाईफ"

Leave a comment

Your email address will not be published.


*